Butwal Today

मन्त्रीहरूले आफ्नै क्षेत्रमा अधिकांश बजेट लगेको भन्दै पुनर्लेखन गर्न कांग्रेसको माग

५ असार २०८१, बुधबार
अ+
अ-

बुटवल,५ असार ।   नेपाली कांग्रेसले बजेट पुनर्लेखन गर्न माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट विनियोजनमा हस्तक्षेप गरेर पुनर्लेखन गर्नुपर्ने बताएको छ।
शक्ति र सत्ताको दुरुपयोग गरी मन्त्रीहरूले आफ्नै क्षेत्रमा अधिकांश बजेट लगेको भन्दै कांग्रेसले मन्त्रालयको बजेट पुन:लेखन गर्नुपर्ने बताएको हो।
प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताए। बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेटको मुल मान्यतामा नै त्रुटी भएको बताए।

उनले मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको दाबी गरे।
प्रमुख सचेतक लेखकले यो शक्ति र सत्ताको दुरुपयोग भएको बताए।

बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मुल मान्यतामा नै त्रुटी भयो भन्दै उनले मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र अत्यन्त ज्यादा दुरुपयोग भयो यो शक्तिको पनि दुरुपयोग हो, सत्ताको पनि दुरुपयोग हो भने ।

उनले प्रधानमन्त्रीले मन्त्रीहरूलाई बोलाएर बजेट पु:लेखन गर्न लगाउनुपर्ने बताए। अन्यथा प्रधानमन्त्री नै बेठीक ढंगको बजेट विनियोजनमा संलग्न रहेको निस्कर्ष निस्कने चेतावनी दिए।
सदनमा यति कुरा उठिसकेपछि राजनीतिक र नैतिक दबाबमा प्रधानमन्त्री हुनुपर्ने उनले भने ।