ट्रेंडिंग:

>> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह

राजा परीक्षित र सुनको महिमा

५ असार २०८१, बुधबार
५ असार २०८१, बुधबार

सुन एउटा धातु हो । यसलाई सुवर्ण, स्वर्ण, सुनौलो विभिन्न नामबाट पुकारिन्छ । सुवर्ण, स्वर्ण जे भने पनि उही हो र उस्तै हो । खासगरेर सुनलाई गरगहनामा प्रयोग गर्ने गरिन्छ । कहिले कुनै मानिसको अन्तिम अवस्था आयो भने उसलाई सुनपानी खुवाउने प्रचलन पनि छ । यो सुनपानी खुवाउनाले हुने फाइदा जान्नु भन्दा पनि यो चलन चल्तीमा आएको कुरा बनेको छ । कतिले थाहा पाएर सुनपानी खुवाउँछन भने कतिले थाहा नपाएर पनि अन्तिम अवस्थामा खुवाउनुपर्छ भनेर खुवाउँछन । कुनै स्थान अपवित्र भएको खण्डमा सुनपानी छर्केर पवित्र बनाउने पनि भनिन्छ । सुन अर्थात यो धातुलाई चोखो धातुमा मानिन्छ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ ।

सुनमा खिया लाग्दैन । यसको रंग पहेंलो हुन्छ । पहेंलो रंग हुने भएकाले यो हेर्दा पनि सुन्दर देखिन्छ । यो बहुमूल्य धातु हो । केही समययता सुन तोलाको साठी हजारबाट एक्कासी आकाशिदै गएर केही दिन पहिले एकलाख चालिसहजार भन्दा वेशी मूल्य पुगेको थियो । यसरी सुनको मूल्य आकासिनुमा विविध कारणहरू छन् भन्ने गरिन्छ । पहिले त कोरोनाको कारणले मूल्य वृद्धि भयो भनियो । त्यसपछि रुस युक्रेन युद्धका कारणले मूल्य वृद्धि भयो भनियो । जे नामबाट वृद्धि भएको भए पनि यसको मूल्य अहिले जमिनमा छैन र सर्बसाधारणले खरिद गर्न सक्ने अवस्था पनि छैन । वास्तवमा जसको साथमा सुन हुन्छ त्यो धनीमानीमा गनिन्छ । यो अहिलेको उपाधि होइन परम्परादेखि यही चलिआएको छ । आजभोली सुन खरिद गर्न सक्ने क्षमता धेरैमा छैन । हिन्दू धर्म अनुसार जन्मँदा र मर्दा सुनको आवश्यक्ता पर्दछ । जन्मादा ठाउँ शुद्धिकणमा प्रयोग गरिन्छ भने निधनको अवस्थामा पहिले भने जस्तै अन्तिम अवस्थामा सुनपानी खुवाउन र तेह्रौं दिनको कार्य सम्पन्न गर्नका लागि मृतात्माको प्रतिमादेखि लिएर विभिन्न गरगहना तयार गरेर दान गर्ने गरिन्छ । यसैगरेर विभिन्न पूजाआजामा पनि सुनको प्रयोग गरिन्छ ।

पहिले एक समय थियो गहनाको प्रतिष्पर्धा । कसको छोरी वा बुहारीले कति गरगहना लगाएकी छिन् ? यसमा प्रतिस्पर्धा गर्ने जमाना पनि थियो । सानो उमेर छँदा हाम्री आमाले फुली, बुलाकी, श्रीफूल, चन्द्रमा, किलिप, हातमा छापे औंठी कानमा ढुंग्री, माडवारी र लस्करी लगाएको सम्झना आउँछ । अरू दिनमा भन्दा तीज पर्वमा गाउँका हरेक महिलाहरू गहनामा ठाँटिएर डाँडाकटेरी भन्ने चौतारीमा छमछमी नाचेको दृश्य अहिलेपनि मानसपटलमा बसेको छ । गहना भिर्नका लागि को भन्दा को कम ? हरेकमा प्रतिस्पर्धा देखिन्थ्यो । घरमा पुगेर हो वा सुनको मूल्य सस्तो भएर हो हरेकका नाक कान, घाँटी र औंलामा पनि गहना झल्कन्थे । आजभोली यो तामझाम केही कम भए जस्तो लाग्छ । पुरै हटेको भने छैन । आफूलाई अली सभ्य भन्नेहरूले आजभोली सुनबाट मन हटाएको अवस्था छ । मैले बाल्यकालमा देखेजस्तो गहना भिरेको आजभोली अलिक कम देख्ने गर्छु । तर पनि यही समयमा यसको मूल्यले आकास छोएको छ । आकास छोएको पनि के भन्ने यो यही मूल्यमा स्थिर हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । यो भोलीका दिनमा झन वृद्धि हुन पनि सक्छ । कली युगमा सुनलाई प्राथमिकतामा राखिदैन भन्ने गरिन्छ । कलियुग र सुनका वारेमा महाभारतमा एउटा रोचक कथा छ । अभिमन्यु पुत्र परीक्षित जतिवेला भारत वर्षको राजा भएका थिए । राजा भएको समयमा उनी वनमा सिकार खेल्न जाने गर्दथे । केही समय यस्तै वित्यो । एकदिन सिकार खेल्न गएको समयमा उनलाई प्यास लागेछ । उनी वनमा पानीको खोजीमा लागे । हिंडदा केहीपर पुगेपछि उनले एउटा कुटी देखे । राजा परीक्षित कुटीको नजिक पुगे । कुटीको नजिकमा एकजना सन्त ध्यानमा बसेका थिए । उनले सन्तलाई ध्यानबाट उठाउने प्रयत्न गरे तर उनले आँखा खोलेनन् । राजा परीक्षितको शिरमा मुकुट (श्रीपेच) थियो । त्यो सुनको थियो । सन्तले आँखा नखोलेपछि राजा परीक्षितले नजिकमा मरेको एउटा सर्प रहेछ ती सन्तको घाँटीमा लपेटेर त्यहाँबाट हिंडे । जतिवेला उनले सन्तको घाँटीमा सर्प लपेटे त्यही समयबाट घडी पलाको हिसाबले कलियुग प्रवेश गरेको समय रहेछ । राजा परीक्षितको शिरमा रहेको सुनको मुकुटको कारणले गर्दा उनलाई त्यतिविधि अत्याचार गर्ने प्रवृति मनमा जागेर आयो भनिन्छ । त्यसै घटनाले गर्दा सन्तका पुत्रले राजा परीक्षितलाई सर्पले डसेर मर्नु परोस भन्ने श्राप दिए । राजा परीक्षितले यज्ञ गरेर सर्प दाह गर्न चाहेका थिए तर पछि उनलाई धेरैले यो कर्म पाप कर्म हो भन्ने सन्देश दिएकाले उनले यो यज्ञ रोके । केही सर्पहरू त्यो यज्ञमा होमिएर नष्ट भए । बाँकी अरू सबै बचे । यही घटनाले गर्दा तक्षक नागले डसेर अन्तमा राजा परीक्षितको ज्यान गयो । यो महाभारतमा उल्लेख भएको कथा हो । यो कथा गहिरोगरी सम्झने हो भने अति रोचक छ भन्ने लाग्दछ । महाभारतका सबैकथा रोचक हुँदा हुँदै पनि यो सुन र कलियुगसंग जोडिएर आएको हुनाले अहिले पनि उस्तै सान्दर्भिक छ भन्ने लाग्दछ । कलियुगमा सुनको चर्चालाई यस कथाले राम्ररी समेटेको छ ।

सुनको मूल्य बढेका कारणले हुन सक्छ आजभाली विभिन्न मार्गबाट हाम्रो मुलुकमा सुन आउने गर्दछ । कहिले कम्मर पेटीमा झुण्डिएर आउँछ । यसैगरी कहिले मोटर साइकलबाट र कहिले विभिन्न बहानमाबाट आउने गर्दछ । कम्मर पेटीबाट झण्डै सय किलो आएको हुनाले सुर्खेतका एकजना पूर्व साँसदको उपनाम नै सुनबुढा भन्ने रहेको छ । अहिले पनि उनी त्यही नामबाट चिनिन्छन् । वर्तमानको कुरा गर्ने हो भने पूर्वसभामुख देखि कतिपय साँसद र मन्त्रीका नाम समेत यसै सुनकाण्डमा जोडिएर आउने गरेको हामीले सुनेका छौं । सर्बसाधारणले सुन ओसारपसार गर्दा तोला वा किलोसम्म हुने गर्दथ्यो । पूर्व सभामुख जस्तो मानिस सुनकाण्डमा जोडिएको घटनामा त तोलाको कुरा होइन किलोबाट पनि माथि उठेर लम्वरी र क्वीन्टलका कुरा आएका छन् । यतिविधि के को सञ्चय गर्न लागेका होलान ? कहिले प्रश्न गर्न मन लाग्छ । तर प्रश्न कसलाई गर्ने ?
राजा परीक्षितको सुनको मुकुट हुनु र त्यही समयमा प्यासले गर्दा पानी खोज्न जानुपर्ने अनि कलिको घडीपला अनुसार कलियुग आरम्भ हुनुले उनको मनमा मरेको सर्प सन्तका घाँटीमा राख्ने कुविचार जाग्न गयो । सबैलाई जोडेर हेर्ने हो भने सुनले गहना बनेर झकिझकाउ देखिने मात्र नभएर उज्यालो जीवनमा अँध्यारो थपिदै जाने समेत रहेछ । वर्तमानमा सुनको कारोवार गर्नेहरूले एकपटक राजा परीक्षितको जीवनमा घटेको घटना याद गर्नुपर्ने थियो । दुईचार करोडको लहैलहैमा लागेर राजनीति पनि सेलायो । जीवन समाप्त भएको भन्दा अझ निच जीवन बाँच्नु परेको अवस्था आइलाग्यो । सुनलाई बहुमूल्य धातु मान्ने हो भने यसलाई यसैको रूपमा प्रयोग गर्नुपर्ने रहेछ भन्ने एउटा राम्रो पाठ राजा परीक्षितको जीवनबाट र वर्तमानमा पूर्व सभामुख र उनका आसेपासे सबैबाट सिक्न सकिन्छ । यसकारण स्वर्ण दिवस मनाऔं, सुवर्ण अवसरको प्रयोग गरौं । सुनौलो विहानीको अपेक्षा गरौ तर सुन विनाको मात्र । यदि सुन नै हातमा लिएर संकल्प गर्छु भन्ने भावना मनमा जाग्यो भने सुन जति अर्काको हातमा नारकीय जीवन आफ्ना लागि हुने रहेछ । चेतना भया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?