Butwal Today

प्रथम सहाना प्रधान यु —१९ भलिबलमा लुम्बिनी प्रदेश खेल्दै

४ असार २०८१, मंगलवार
अ+
अ-

बुटवल, ४ असार । नेपाल भलिबल संघको आयोजनामा काठमाण्डौमा हुने  प्रथम सहाना प्रधान यु—१९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा लुम्बिनी प्रदेशबाट भलिबल टिमले भाग लिने भएका छन । असार ९ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वर स्थित कबर्ड हलमा हुने प्रतियोगितामा भाग लिने महिला टिमको छनौट सोमबार सम्पन्न भएको छ ।

एभरेष्ट बोर्डिङ स्कुलमा छनौट खेल आयोजना गरिएको थियो । प्रदेशका विभिन्न जिल्लाबाट सहभागी २८ जना खेलाडीहरुबाट १२ जना खेलाडी छनौट भएको लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग बहादुर गुरुङले बताए । छनौट भएका खेलाडीहरुमा निशा चौधरी, आरती चौधरी, प्रतिभा चौधरी, अनुशा चौधरी, मिना सुनार, रितु पुन, तस्बिरा बि.क, रिचा थापा, रोजी थापा, जिना राना, हस्ती थारु र मोनिका बिष्ट छन ।

लुम्बिनी प्रदेश रेफ्री संघका पुर्व संयोजक बुद्धि बश्याल, प्रशिक्षक अर्जुन घिमिरेले छनौट भएका खेलाडीहरुलाई नियमित अभ्यास गराउने बताए । यता मणिमुकुन्द भलिबल क्लबको आयोजनामा पुरुष छनौट सम्पन्न भएको छ ।