ट्रेंडिंग:

>> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै

खडेरी नियन्त्रणमा ऐक्यबद्धता जरुरी

४ असार २०८१, मंगलवार
४ असार २०८१, मंगलवार

विश्वमा बढ्दै गरेको मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमा जनचेतना बढाउन र ऐक्यबद्धता प्रदर्शन गर्न सन् १९९५ देखि हरेक वर्षको जुन १७ लाई विश्व समुदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । विश्व खडेरीविरुद्धको दिवसले वातावरण संरक्षण गर्न र दीर्घकालीन भूमि ब्यस्थापन गर्न महत्वपूर्ण योगदान पु¥याउने आशा गर्दै यो दिवसलाई विश्वव्यापी गरिएको हो । यो दिवस मनाईरहँदा नेपालले साँच्चै नै अहिले खडेरीको सामना गरिरहेको छ । लामो समयदेखि पानी नपर्दा जनजीवन आकुलब्याकुल भएको छ । गर्मी बढ्दै गएको छ । तराईमा मात्रै होइन काठमाण्डौंमा समेत तापमान ३५ डिग्री माथि पुग्नु साँच्चै चुनौतिको बिषय हो । त्यसमाथि काठमाण्डौंमा समेत पानी पर्ने क्रममा धेरै कमी आएको छ । जसका कारण खडेरीको समस्या उत्पन्न भएको छ । खडेरीकै कारण बोटविरुवामाथि ठूलो असर पुगेको छ । चुरेको विनास, वातावरण विनास, वातावरण संरक्षणमा बेवास्ता, जथाभावी जंगल फडानीकै कारण अहिले विश्व मरुभूमिकरणको मारमा छ । त्यसमाथि त्यही कारण आज खडेरीको अवस्था उत्पन्न भएको छ । बढ्दो कार्बनको उत्सर्जन, औद्योगिकरण त्यसका सहायक हुन । पछिल्लोसमय मानव जनसंख्या वृद्धिसँगै पछिल्लो शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै टुक्रा टुक्रा पारेर क्षयीकरण भएको छ । त्यो भनेको दुःखदायी अवस्था हो ।

खडेरीको बर्तमान अवस्था आउनु भनेको निश्चितरूपमा चिन्ताको कुरा हो । तराईमा यो बर्ष पुस माघमा समेत राम्रोगरि पानी आउन सकेन । लामो समय खडेरी पर्ने क्रम सुरु भैसकेको छ । कि खडेरी पर्ने, पानी बर्षिए क्षति सम्हाल्नै गाह्रो हुने अवस्था आएको छ । अतिबृष्टि र अनाबृद्धि हाम्रो मूख्य चुनौति पनि हो । वर्षेनी दोहोरिने भीषण बर्षा र त्यसपछिको पहिरोले साँच्चै चुनौति बढाएको छ । यी सवै नेपालमा जलवायु परिवर्तनका असरको परिणाम हुन । खासगरी बेमौसमी वर्षा, अतिवृष्टि र खडेरीका दिनहरू बढ्दै गएका छन् । बाली पाक्ने र भित्राउने बेलामा झरी र असिना पानीले वर्षेनी बालीनाली खेतमै नष्ट हुन थालेको छ । वातावरणबीदहरूले वर्षाचक्रमा सानो परिवर्तन आउनासाथ सिचाईमा ठूलो समस्या आउने गरेको समेत बताएका छन । विश्वब्यापी उष्णीकरणको कारणले खडेरीका दिनहरू बढ्दै गएका छन् । जमिनमा सुख्खापन बढ्न थालेका विवरणहरू सार्वजनिक भैरहेका छन् । खडेरीले गर्दा समयमा धान रोप्न नपाएको, खडेरीले धानखेतमा धाँजा परेको, बालीहरू खेतमा डढेका दुखद दृष्यहरू वर्षेनी बढ्दै गएका छन । त्यसो त प्रकृतिलाई हामीमध्ये कसैले पनि आफ्नो बसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जगेर्नातर्फ अहिलेदेखि प्रयास भएन भने भावी पुस्ताका लागि ठूलो चुनौति सिर्जना हुनेछ । बर्षाले निम्त्याउने बाढी पहिरो जस्तै खडेरीको कारण उत्पादनमा भारी असर पर्ने निश्चित छ । त्यसका कारण विश्वले आगामी दिनमा खाद्यान्न समस्याको चुनौति सामना गर्नुपर्ने अवस्था छ । अवको दिनमा विश्वले खडेरी विरुद्ध लड्न ऐक्यबद्धता प्रदर्शन गर्नुका साथै खडेरी न्यूनिकरणको दिशामा रणनीति तय गर्नु आवश्यक भैसकेको छ । यो दिवस सोमबार नेपालमा पनि मनाइएको छ । तर, बन्द कोठामा र सीमित व्यक्तिको घेरामा मनाईने दिवसले सार्थक उपलब्धि दिदैन । तसर्थ यस्ता कार्यक्रम आम जनसमुदायको बढी भन्दा बढी सहभागितामा मनाउन सकियो भने त्यसले खडेरीविरुद्ध ऐक्यवद्धतामात्रै प्रदर्शन हुँदैन, वातावरण संरक्षण गरेर खडेरीको भयावह अवस्था नियन्त्रणमा पनि सहयोगी सावित हुनेछ । खडेरीको प्रकोप बढ्दै गरेको विद्यमान अवस्थामा दिवसले सार्थक निचोडका साथ विश्व समुदायलाई खडेरीविरुद्ध संघर्ष गर्न ऐक्यबद्धता जनाउन पहल गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?