ट्रेंडिंग:

>> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

सल्यानका १० पालिकामा एमालेका नया पदाधिकारी

तोकिए विभाग प्रमुख, बन्यो आगामी कार्ययोजना
४ असार २०८१, मंगलवार
४ असार २०८१, मंगलवार

सल्यान, ४ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सल्यानका दशवटै स्थानिय तहमा नयाँ नेतृत्व चयन गरेको छ । निर्धारित समयमै पालिका अधिवेशनहरु सम्पन्न भएको र लगत्तै अब वडाहरुको अधिवेशनमा पार्टी पंक्ती केन्द्रित हुने एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिए । पालिका अधिवेशनबाट एमाले कपुरकोटको अध्यक्षमा मधुसूदन गिरि, उपाध्यक्षमा इश्वर बुढा, सचिवमा रुपक बुढा तथा उपसचिवमा कुबेर केसी र बेलमती बुढा चयन भएका छन् ।

छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा ज्ञान बहादुर खड्का, उपाध्यक्षमा डुम बहादुर खत्री, सचिवमा इश्वरी बस्नेत र उपसचिवमा शेर बहादुर राना, बसन्ता जिसी चयन भएका छन् भने कालिमाटी गाउँपालिकाको अध्यक्षमा केशर बुढा, उपाध्यक्षमा बेल बहादुर चन्द, सचिवमा दिलिप रावत, उपसचिवमा टोप बहादुर कार्की र दिपा वली निर्वाचित भएको एमाले सल्यानले जनाएको छ ।

यस्तै त्रिवेणि गाउँपालिका कमिटीको अध्यक्षमा डिल्ली खड्का, उपाध्यक्षमा हस्त बहादुर रामजा, सचिवमा तेज बहादुर घर्ती तथा उपसचिवमा लुट बहादुर थापा र शारदा सुनार चयन भएका छन भने कुमाख गाउँपालिकाको अध्यक्षमा रेमन्त शर्मा, उपाध्यक्षमा शेर बहादुर चन्द, सचिवमा मित्र प्रसाद शर्मा, उपसचिवमा लक्ष्मणसिंह राठौर र नारायणी खत्री निर्वाचित भएको एमाले सल्यानका उपसचिव गणेशमान सिंहले जानकारी दिए ।

एमाले दार्मा गाउँपालिका कमिटीको अध्यक्षमा दिपक रोकाय, उपाध्यक्षमा यज्ञ बहादुर चन्द, सचिवमा खगेन्द्र केसी, उपसचिवमा टीका बस्नेत थापा र केशव वली तथा सिद्धकुमाख गाउँपालिकाको अध्यक्षमा टोप बहादुर बुढाथोकी, उपाध्यक्षमा देवेन्द्र रोका, सचिवमा भिम बहादुर चलाउने, उपसचिवमा कैलाश चलाउने र मालती कंडेल निर्वाचित भएका छन् ।

यस्तै शारदा नगर कमिटीको अध्यक्षमा महेश देवकोटा, उपाध्यक्षमा राम बहादुर भण्डारी, सचिवमा बिनोद चलाउने, उपसचिवमा ढकलाल रावल र लक्ष्मी बुढाथोकी, बनगाड कुपिण्डे नगरकमिटिको अध्यक्षमा राजन शाह, उपाध्यक्षमा मोतिलाल पुन, सचिवमा धन बहादुर सुनुवार, उपसचिवमा जुक्ती प्रसाद घर्ती र कमला बस्नेत चयन भएका छन् भने बागचौर नगरकमिटी अध्यक्षमा जनक बिक, उपाध्यक्षमा शोभाराम बस्नेत, सचिवमा देव बहादुर डांगी तथा उपसचिवमा शालिजराम बोहरा र गंगा बस्नेत निर्वाचित भएका छन् ।

नागरिकको भरोसाको पार्टी एमालेलाइ अझै मजबुत, चलायमान र सुदृढ गर्नका लागि पार्टी गतिविधिलाइ सक्रिय बनाइएको एमाले सल्यानका उपाध्यक्ष ओज बहादुर बुढाथोकीले जनाए । पार्टीले बिभन्न बिभाग प्रमुखहरु तोकेको र आगामी एक बर्से कार्ययोजना निर्माण गरेको पनि एमाले सल्यानले जनाएको छ ।

जिल्लाको पार्टी स्कुल बिभागमा भिम बहादुर सेन, संगठन विभाग एवम जनवर्गीय संगठन विभाग प्रमुखमा ओज बहादुर बुढाथोकी, वित्त तथा कोष विभाग प्रमुखमा पुष्पा कुमारी बोहरा, प्रचार तथा प्रकाशन विभागमा गणेशमान सिंह, स्थानीय विकास बिभागमा सनसिल्ता वली डिसी, सहकारी तथा गरिबी निवारण विभागमा किशोर हमाललाई जिम्मेवारी तोकिएको छ । जिल्ला कमिटी उपसचिव गणेशमान सिंहका अनुसार हालै सम्पन्न जिल्ला कमिटी पदाधिकारी बैठकले विभागहरुको जिम्मेवारी तोक्दै एक बर्षिय कार्ययिजना पनि तय गरेको हो ।

जस अनुसार यहि असार महिना सम्ममा वडा अधिवेशन गरिसक्ने, साउन र भदौमा जनवर्गीय संगठनहरुको भेला÷ सम्मेलन गर्ने, असोजमा जिल्ला स्तरिय प्रशिक्षण संचालन गर्ने लगायतका कार्ययोजना तय गरिएको छ । अबको केही समयभित्रै जिल्ला कमिटीको दोश्रो बैठक बसेर आवश्यक निर्णय लिने एमाले सल्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?