© 2026
काठमाडौं ।
अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध पहिला फिल्डिङ सुरु गरेको छ।
स्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा बंगलादेशविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्ध दोस्रो ओभरमा विकेट लिएका छन्। दीपेन्द्रले दोस्रो ओभरको तेस्रो बलमा बंगालदेशका कप्तान नाजमुल हुसैन सान्तोलाई बोल्ड आउट गर्दै नेपाललाई लगातार दोस्रो सफलता दिलाएका हुन्।
त्यसअघि तिव्र गतिका बलर सोमपाल कामीले इनिङस्को पहिलो बलमा नै विकेट लिदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। बंगलादेशका ओपनर तान्जिद हसन रोयल डक आउट भए।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेट र तेस्रो खेलमा दक्षिण अफ्रिकासंग १ रनले पराजित नेपाल सुपर-८ दौडबाट बहिरिसकेको छ । दोस्रो खेलमा वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन सकनेपछि अंक बाँडेको थियो ।