Butwal Today

महामारीले जन्मिएका ‘उद्यमी’

कोभिड–१९ को उत्पादन भएको दूध नै बिक्री हुन छाडेपछि समूह गठन गरी किसानले आफै डेरी उद्योग स्थापना गरी दुग्धजन्य पदार्थ विविधिकरण गरी बजारीकरण गर्दै आएका छन ।
३ असार २०८१, सोमबार
अ+
अ-

बुटवल, ३ असार । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्बर–१३ बडेराका किसानलाई कोभिड १९ को महामारीले नराम्रोसँग थला पा¥यो । किसानले उत्पादन गरेको दूध नियमित रूपमा बजारीकरण हुँदै आएको थियो । तर त्यो बेला किसानको दूध विकेन, पहिला नियमित रूपमा दूध लैजादै गरेको एउटा संस्थाले दूध नै लैजान बन्द ग¥यो । २०७६ सालमा किसानले उत्पादन गरेको दूध बजारीकरण नभएपछि किसानहरूको भेला भयो । उक्त भेलाबाट कुरा ‘अब समूह बनाउने, सामुहिक उत्पादन गर्नै, आफै बजारीकरण गर्ने’ जुन समूहको नेतृत्व गरेका थिए गंगाराम गैरेले ।

२२ जना सदस्य रहेको यस समूहका नेतृत्व गरेका गंगाराम गैरे जीवनको लामो समय सवारी चालक पेशामा बिताएका थिए । जनकपुरबाट नेपालगञ्ज रुटमा गाडि चलाइरहेका गैरे मधेश आन्दोलनका कारण गाडी बन्द भएपछि उनी कृषि कर्ममा होमीएका हुन । उनलाई कृषि कर्म उचित लाग्यो । उनले पशुपालन गर्ने योजना बनाए । उनको योजनामा परिवारले पनि साथ दियो । अनि सुरु भयो उनको पशुपालन यात्रा । सोही अनुसार उनले समूह पनि निर्माण गरेर कृषि कर्म अगाडी बढाएका हुन ।

‘पशु पंक्षीपालन तथा कृषि समूह सुनवल –१३’ दर्ता गरेर उनीहरूले सामूहिक रूपमा कृषि कर्म गर्दै आएका थिए । जसमा उनीहरूलाई साथ दिन आयो नेपाल लाईभस्टक सेक्टर ईनोभेषन आयोजना । बुटवल विकेन्द्रीत सहयोग एकाईको सहयोगमा उनीहरूको समूहले थप यान्त्रीकरण, पशु चौपाय खरिद, तालिम सहितको सहयोग प्राप्त गरेको छ ।

समूह निर्माण गरी उनीहरूले आफ्नै डेरी उद्योग पनि सञ्चालनमा ल्याएका छन् । समूहमा आवद्ध भएका किसानहरूले क्रिमकाट्ने मेसिन समेत स्थापना गरेका छन् । जसमा अहिले ७८ जना किसानले नियमित रूपमा दूध डेरीमा लगेर संकलन गर्दै आएका छन् । डेरीबाट दूध खुल्ला रूपमा बिक्री हुँदै आएको छ, दही बनाएर विक्रि गर्दै आएको छ । बाँकी रहेको दूध बाट पनिर समेत बनाउँदै आएका छन् । केही दूध समूहले लुम्बिनी डेरी बुटवललाई विक्रि गर्दै आएको छ । अहिले दैनिक ६ सय ५० लिटर दूध संकलन गर्दै आएको छ । डेरीमा १५ दिनको १ लाख ९० हजार भन्दा बढिको कारोबार हुन्दै आएको छ । गर्मीमा दुग्धजन्य उत्पादन बिक्री गर्दै गर्दा अली बढि नाफा हुने गरेको र अन्य सिजनमा दूध मात्रै बिक्री हुने भएको कारण केही नाफा कम हुने गरेको समूहका सचिव घनश्याम आले बताउँछन् ।

नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजनाले उक्त समुहलाई ५० लाख अनुदान दिएको छ । २२ जना किसानले गरेको नमुना पशुपालनको लागि उनिहरूलाई सहयोग प्रदान गरिएको हो । कुल १ करोडको कार्यक्रममा समुहले ५० लाख एनएलएसआईपीबाट, ३० लाख बैंक बाट कर्जा लिएरका छन् । यस्तै २० लाख किसान आफैले उठाएर समुहमा लगानी गरेका छन् । ४४ वटा पशु किनेका छन् । जसमा ३० वटा भैसी, १४ गाई उन्नत जातको खरिद गरी दुध उत्पादन गर्दै आएका छन् । यस्तै समुले यन्त्रीकरणमा समेत लगानी गरेका छन् । ४४ वटा म्याट, अनुदान रकम बाट २२ जना किसानको गोठ सुधार गरिएको छ । दाना पिस्ने मेसिन २० वटा, च्यापकटर १५, पानी तान्ने पम्प २२ वटा खरिद गरेका छन् । सोही समुले दाना र पसाल समेत खदिर गरी किसानलाई वितरण समेत गरेका थिए ।

साना किसानहरूको लागि अनुदान प्राप्त गर्नु आफैमा राम्रो कुरा भएको समुहका अध्यक्ष गैरेको भनाई छ । उनि भन्छन्–‘साना किसान हरूको लागियो अनुदानको कारण धेरै राहत भएको छ । कोभिड १९ कारण थिचोमा परेका किसानहरूलाई अहिले भएको सहयोगले धेरै राहत दिएका अध्यक्ष गैरेको भनाई रहेको छ । सहयोग, अनुदानबाटकिसानले कोभिड १९ पछि दोब्बर ले नै उत्पादन, उत्पादकत्व बृद्धि गरेको उनको भनाई रहेको छ ।

आयोजनाबाट ५० प्रतिशत अनुदान पाएका समूहका अधिकांश खुसी छन् । समूहमा कोेही विदेशबाट फर्किएका र भविष्यमा समेत विदेश नजाने समेत योजना बनाएका किसानहरू छन् । समुहका सचिव रहेका घनश्याम आले भने शिक्षण संगै उनि कृषि पेशामा लागेका हुन । स्थानीय निजी विद्यालयमा अहिले पनि शिक्षकको रूपमा कार्यरत छन् । २२ वर्ष देखि अध्यापन गराउँदै आएका उनको परिवारले पनि पशुपालन गरेको छ । स्कुल पढाउन जानु अघि र स्कुल छुट्टि भएपछि उनी घास काट्ने, भकारो सोर्नेदेखि दुध दुनेसम्मका काम परिवारकै सदस्य मिलेर गर्छर्दै आएका छन् ।

विद्यालयमा दिने समय बाहेको सबै समय उनले पशुपालनमा दिएका छन् । बिदाको दिन अलि बढि समय कृषि कर्मका लागि छुट्याउछन् । अन्य दिन पनि उनी विहान बेलुका गोठमै खटिन्छन् ।समूहमै रहेका दिनेश ढकाले सुनवलमा भाडामा बसिरहेका छन् । जग्गा लिजमा लिएका छन् । उनी वैदेशिक रोजगारीमा गएका थिए । विदेश भन्दा त स्वदेशमै केही गर्न सकिन्छ कि भन्ने उनमा आएपछि स्वदेश फर्किए कृषि कर्ममा लागे उनले पनि सोही समुहमा आवद्ध भएर राम्रो आम्दानी गर्दै आएका छन् । ३ वर्ष साउदी अरब मा पसिना बगाएका उनले स्वदेशमा नै केही गर्ने सोँच सहित स्वदेशमा आए उनी बताउँछन् । कृषि कर्मबाट नै घडेरी जोडेको उनको भनाई छ । उनि भन्छन्–‘ जे गर्छु नेपालमै गर्छु, जोडेको घडेरीमा घर बनाउँछु । ’

नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना, विकेन्द्रीकृत सहयोग एकाइ बुटवलका निमित्तप्रमुख डा. शिवलाल भुषालका अनुसार आयोजनाको सुरुवाती लक्ष्य अनुसार समुह, सहकारी मार्फत उत्पादन बृद्धि गर्ने उदेश्यका साथ सहयोग गरेको जानकारी दिए । उनका अनुसार कोभिडले थला परेका किसानलाई अनुदान मार्फत आफै उत्पादन गर्ने, बजारीकरण गर्ने गरी सहयोग गरिएको जानकारी दिए ।