Butwal Today

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

३ असार २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। आज (सोमबार) बिहान पृथ्वी राजमार्गमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका-३ मा पहिरो खसेको हो।

मुग्लिन-मलेखु खण्डमा पर्ने  फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अहिले पहिरो खसेको क्षेत्रमा सडक निर्माणको काम चलिरहेको थियो। पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको छ।

अहिले पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएको छ।