ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

सय भन्दा बढि स्थान बाढी पहिरोको जोखिम क्षेत्र

३ असार २०८१, सोमबार
३ असार २०८१, सोमबार

पाल्पा, २ असार । चार वर्ष अगाडि रभ्भा गाउँपालिकाको फोक्सिड्डकोट गाउँमा बाढी पहिरोको कारण धन जनको क्षति भयो । तीन वर्ष अगाडि तिनाउ गाउँपालिकाको गिट्टी खानी नजिक चुनढुंगाबाट बगेको कारण धनजनको क्षति भयो । वर्षायामको थालनीसंगै मनसुनजन्य विपदका कारण धनजनको क्षति हुँदै आइरहेको छ । मानव सिर्जीत व्यवहार र प्राकृतिक वातावरणका कारण जिल्लामा वर्षायाममा वाढी पहिरोको जोखिम रहेको, जिल्लाको विपद व्यवस्थापन समितिका अनुसार वर्षायामको समयमा सय भन्दा बढि स्थान बाढीको उच्च जोखिम र त्यही अनुपातमा पहिरोको जोखिम क्षेत्र निर्धारण गरिएको छ ।

विपदले निम्ताउने समस्याको समाधान तथा पूर्वतयारीका लागि स्थानीय सरकार, सडक कार्यालय, शहरी बिकास तथा डिभिजन भवन कार्यालय, विद्यालय, नेपाल प्रहरी, नेपालसेना, ससस्त्र प्रहरी, लुम्बिनी मेडिकल कलेज, युनाइटेड सिसन अस्पताल जस्ता निकाय संग समन्वय गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए ।

विपद व्यवस्थापनका विषयमा कार्ययोजना बनेको छ । असार लागेपछि नदीजन्य, खानी जन्य बस्तुको उत्खनन गर्न पाइने छैन । वन पैदवार, वनक्षेत्र बाट ओसार पसार गर्न नपाइने, वर्षायाममा हुने मानविय तथा भौतिक क्षति कम गर्न जन चेतना नै बढी आवश्यकता भएको हो । त्यसको तयारी भएको छ । विपद व्यवस्थापनका विषयमा स्थानीय सरकारलाई नै बढि जिम्मेवारी बनाएको छ । यसका लागि स्थानीय सरकारका प्रमुख संग पटक–पटक अन्तक्र्रिया भएको प्रमुख जिल्ला अधिकारी काफ्ले बताउँछन् ।

विपदका समयमा खर्च गर्ने गरी बजेट विनियोजन गरिएको छ । आगलागी बाढी पहिरोको कारण क्षति भएको खण्डमा विपद व्यवस्थापन कोषबाट खर्च गरिने रामपुर नगर सरकारका प्रमुख रमण थापा बताउँछन्  । निस्दी, रैनादेवी, माथागढी, तिनाउ गाउँपालिकाहरू बाढी पहिरोको उच्च जोखिममा रहेका छन् तर अधिकांश स्थानीय निकायले विपद व्यवस्थापन कोषमा अत्यन्तै कम रकम जम्मा गरेका छन् ।
काली गण्डकी, तिनाउ, निस्दी तथा खोलका तटिय क्षेत्रहरू बढि जोखिममा रहेका छन् । निस्दी गाउँपालिकाको ज्यामिरे, माथागढी गाउँपालिकाकोे रहवास गोठादी, तिनाउको दोभान, रैनादेवीको सिद्देश्वर क्षेत्र चुन ढुंगा खानी क्षेत्र हुन । वातावरणिय र मूल्यांकन अनुरूप उत्खनन् नगरी उद्योगहरूले आफूखुसी उत्खनन् गरेका कारण खानी क्षेत्रका वरपरका भु–भागहरू पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरू बताउँछन् ।

होङशी सिमेन्ट उद्योगको चुन ढुंगा खानीका कारण वर्षायाममा ज्यामिरेको तल्लो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको स्थानीय बासिन्दा गगन सिंह सोती बताउँछन् । यही खानीका कारण ५० घर परिवार उच्च पहिरोको जोखिममा रहेको उनले बताए । तिनाउ गाउँपालिकाको सुकेताल नजिक रहेको अल्फा सिमेन्ट उद्योगको चुन ढुंगा खानीको पहुँचमार्ग निर्माण गर्दा प्रयोग गरिएको मेसिन नै भासिएको गंगा नेपाली बताउँछिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?