Butwal Today

चर्को गर्मीले साउदीमा १४ जनाको मृत्यु

३ असार २०८१, सोमबार
अ+
अ-

बुटवल,३ असार ।    साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ जनाको मृत्यु भएको छ। साउदी अरबमा हज गर्न गएका जोर्डनका इस्लाम धर्मावलम्बीमध्ये १४ नागरिकको मृत्यु भएको हो ।

जोर्डनको विदेश मन्त्रालयले आफ्ना १४ नागरिकको मृत्यु अत्यधिक गर्मी (हिटस्ट्रोक) का कारण भएको जनाएको छ। साथै १७ जना बेपत्ता भएको जोर्डनका अधिकारीहरुले बताएका छन् ।