Butwal Today

लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट

२ असार २०८१, आइतबार
अ+
अ-

बुटवल , २ असार ।   लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिस्टाचार भेटघाट भएको छ ।

सुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा आएका मियाँलाई प्रदेश प्रमुख शेरचनले खादा लगाइदिएर स्वागत गरेका हुन् ।

सो अवसरमा सुदुरपश्चिम प्रदेश प्रमुख मियाँले लुम्बिनी प्रदेश प्रमुखको स्वास्थ्य स्थितिबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरे ।

भेटघाटका क्रममा दुबै प्रदेश प्रमुखबिच प्रदेश प्रमुखको कार्यालय संचालनका बारेमा अनुभव आदानप्रदान भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश संचालन गर्न प्रदेश सरकारले नै आवश्यक जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याए ।

भेटघाटमा लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका कर्मचारी र दुबै प्रदेश प्रमुखको सचिवालयको टोलिको समेत सहभागिता रहेको थियो ।