ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

करको दर नभई दायरा बढाउन ब्यवसायीको सुझाव

२ असार २०८१, आइतबार
२ असार २०८१, आइतबार

बुटवल, २ असार ।

आर्थिक मन्दीको मारमा परेको ब्यवसायीहरुलाई उकास्ने गरी सरकारबाट राहतका योजना ल्याउन रुपन्देहीका ब्यवसायीहरुले आग्रह गरेका छन् । रुपन्देही ईभेन्ट्स ब्यवसायी संघको प्रथम साधारण सभा तथा अधिवेशनमा बोल्ने ब्यवसायीहरुले करको दर नभई दायरा बनाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रमको एक समोराहका बिच शनिबार सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खाँ ले उद्घाटन गर्दै ईभेन्ट्स ब्यवसायीहरुको सीप दक्षता अभिवृद्धिसंगै सामाजिक उत्तरदायित्वमा अग्रसर रहन सफल भएको बताए । ईभेन्टस ब्यवसाय आम नागरिकको ईज्जतसंग जोडिएको र सामाजिक उत्तरदायित्वको ब्यवसाय भएको उनले बताए । धेरै मेहनत, परिश्रम, योगदान हुने यो पेशालाई संगठित गर्दै अगाडि बढेको संस्थालाई स्थानीय सरकारको सधै साथ रहने उनले बताए ।

कार्यक्रममा सिद्धार्थ होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष चन्दप्रकाश श्रेष्ठले ईभेन्ट्स ब्यवसाय र होटल एकअर्काको परिपुरक भएको भन्दै मिलेर अघि बढ्न जरुरी रहेको बताए । ब्यवसायीहरुको अवस्था दयनीय वर्तमान अवस्थामा यसलाई सुधार गर्ने गरी नीतिगत रुपमा नै सरकारबाट विशेष ब्यवस्थापन हुन जरुरी रहेको उनले बताए । अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्न सकेमात्र सुधारको संकेत देखिने उनले बताए । सेवामुलक ब्यवसाय टेन्ट हाउस ब्यवसायमा करको दर बढाउँदा आफुहरु समस्यामा परेको उनले दुखेसो गरे । स्थानीय सरकारबाट कर बढी भएको उनले बताए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष पुरन श्रेष्ठ, सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिलिप कुमार कान्दु, उद्योग व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, रुपन्देही व्यापार संघका उपाध्यक्ष प्रेम पाण्डे, नेपाल मुश्लिम संघ रुपन्देही जिल्लाका अध्यक्ष संसद अहमद, सल्लाहकार चन्द्रमोहन पटवा, संघका सल्लाहकार अफरोज अहमद, सुनिल क्याटरिङका संचालक सुनिल हलुवाई, संयोजक तथा संघका सहसचिव वसिम अहमदले अस्वस्थ प्रतिस्पर्धालाई हटाउन, समस्या समाधान गर्न सहज हुने बताए ।

कार्यक्रममा कार्यबाहक अध्यक्ष मोहम्मद इसरारले ब्यावसायिक हकहितको पक्षमा आवाज उठाउने गरी स्थापनाको छोटो समयमा नै उत्कृष्ट कार्य गर्दै संस्थागत पहिचान गराउन सफल भएको बताए ।

कार्यक्रममा संघका सचिव किरण श्रेष्ठले टेन्ट, लाईट, साउण्ड र क्याटरिङ लगायत सेवामुलक ब्यवसायीहरुलाई एकतावद्घ गरी ब्यवसायीहरुको हकहितका बिषयमा सरोकारवाला निकायसंग समन्वय र सहकार्य गरी अघि बढ्न प्लेटफर्मका रुपमा संस्था गठन गरेर सफल भएको बताए । हाल संस्थामा रुपन्देही जिल्लाका १४० जना सदस्यहरु दर्ता भएको उनले बताए ।

रुपन्देही ईभेन्ट्स ब्यवसायी संघमा किरण श्रेष्ठ

रुपन्देही ईभेन्ट्स ब्यवसायी संघको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट किरण श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । जसको उपाध्यक्षमा मोहम्मद इसरार, सचिवमा दुर्गेश गुप्ता, कोषाध्यक्षमा महेश पौडेल, सहसचिवमा वसिम अहमद, सदस्यहरुमा मोहम्मद खलिल, मोहम्मद हजरत खाँ, राजेश कुमार मिश्रा, मो.ईलियास चुरिहार, कलामुद्धिन मुसलमान, सेराज अहमद, अफ्रोज अहमद मु., रामसहाय लोहर, दिलिप कलवार, कृष्ण श्रेष्ठ, महेन्द्र यादव, संजय गुप्ता निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?