ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

‘बल ब्वाय’ बाट कोच

१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

बुटवल, १ असार ।

जरुरी छैन कि हरेक पाठ किताबबाट मात्र सिकिन्छ ।
केहि पाठ जिन्दगी र समयले सिकाउने रहेछ ।
हो, पोखराका विष्णु नेपालीको जिवन पनि उक्त भनाइ मिल्छ ।

विश्व टेनिसमा रफाएल नडाल चर्चित नाम हो । टेनिस प्रोफेशनल्सको विश्व बरियतामा २०९ हप्तासम्म लगातार पहिलो नम्बरको बरियतामा रहन सफल र पाँच पटक वर्षको अन्त्य नम्बर १ को रूपमा समाप्त भएको उनको ईतिहास छ । नडालले कीर्तिमानी १४ फ्रेन्च ओपन उपाधि सहित २२ ग्रान्ड स्लाम पुरुष एकल उपाधि जितेका छन् । उनै नडाललाई आफनो आर्दश मान्ने पोखराका विष्णु नेपाली पनि लनटेनिसमा सर्मपित भएर लागेका छन ।

महङो र बिलासिताको खेल मानिने लनटेनिसमा एउटा आर्थिक रूपमा कमजोर नेपालीको पहुँच हुने धेरै टाढाको कुरा थियो । ज्याला मजदुरी गरेर घर चलाउने आमाले कहिलै कल्पना समेत गरेकी थिईनन । कान्छो छोराले एक दिन यही खेलबाट घर धान्ने छ भन्ने कुरा । परस्याङको लब्लि डाडामा रहेको विनोद कायस्थको लनटेनिस कोर्टको क्यान्टिनमा उनको आमाले काम गर्थिन । परिवारमा दुई छोरा, एक छोरी आफुलाई पाल्न आमा काममा खट्थिन । फुच्चे ८ वर्षको विष्णु आमासंगै काममा क्यान्टिनमा जान्थे । नजिकै कोर्टमा उनले खेल हेर्ने गर्थे । खेलाडीहरू कोर्टमा बल हान्दै जान्थे र जम्मा भएको बल उनै सानो विष्णुले उठाएर बकेटमा राख्थे । नियमित मैदानमा खेल हेर्दा हेर्दा उनीमा चासो बढ्यो ।

बल टिप्ने र जम्मा गर्ने बल ब्वायका रूपमा उनि त्यहा सहयोग गर्न लागे । बिस्तारै मैदान रेखदेख गर्थे । विष्णु कहिलेकाही ¥याकेट मागेर सर्भिस गर्थे । खेलका टेक्निक हेर्दै सिकेका उनको रुचि देखेर समाजसेवी राजु गुरुङले पहिलो पटक रयाकेट दिएको उनी स्मरण गर्छन । ‘मैले त्यो रयाकेट पाउदा निक्कै खुशी भए ।’—उनले सुनाए । यहिबाट उनको खेल यात्रा शुरु भयो । ‘मलाई समिर अंकलले जुत्ता गिफट दिनुभयो,’—उनी सम्झन्छन । विष्णुलाई लनटेनिसको भुत जाग्यो । उनी आठ वर्षसम्म निरन्तर कोर्टमा जाने बल टिप्ने र खाली हुदा खेल्ने गर्न लागे । यो अवधिमा उनि धेरै प्रतियोगितामा समेत भाग लिन थाले । उनको खेल टेक्निक ठ्याक्कै नडालको जस्तो थियो । उनि स्पिन तानेर खेल्थे ।

विश्वमा चर्चामा रहेको नडाल सबैको मन मुटुमा थिए । नडाल जस्तै खेल्ने विष्णुले नया नाम पाए, राफा । सर्भिस, भलि र फिटनेश लन टेनिसमा महत्व राख्ने उनि बताउछन । नडाललाई आदर्श खेलाडी मान्ने उनि निरन्तता र लगन सफलताको सुचक भएको ठान्छन । उनको स्ट्रेन्थका रूपमा फोर हेण्डलाई मान्छन । उनी धेरै खेल खेलेका छन । त्यसमध्ये माछापुच्छे« कपमा उनि सिगल क्वाटरफाईनल तथा आशिष खड्का र आयुष गुरुङसँग जोडी बनाउँदा डबल्समा सेमिफाईनल पुगेको बताउँछन । राष्ट्रिय खेलमा समेत धेरै पटक भाग लिएका छन ।
खेल खेल्दै उनले कोचको समेत आधारभुत तालिमहरू लिए । उनी पोखरामा ससाना बालबालिकाहरूलाई समेत खेल सिकाउन थाले । अनुभवकै कारण उनले सिकाएका जुनियर खेलाडीहरू उत्कृष्ट नतिजा ल्याउन सफल भए । पोखरामा यु—९ हुदै अहिले यु —१४ खेल्ने साल्बि शेरचन, स्पन्दन उदास जो यु—१२ दोस्रो रेकिङमा छन । भने सन्दिप बिक अहिले यु—१४ मा नम्बर वन छन ।

पछिल्लो डेढ वर्ष देखि उनि बुटवलको देविनगर लनटेनिस कम्प्लेक्समा प्रशिक्षण गराउँदै आएका छ । युवा र भेट्रान्स खेलाडीहरू उनी लनटेनिसको आधारभुत देखी विभिन्न कलाहरू सिकाउँछन । रूपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली र बुटवलका खेलाडीहरूले उनको खुबीलाई पहिचान गरि बुटवलमा ल्याएको हुन । ‘आउदो फागुनसम्मलाई एग्रिमेन्ट छ ।’—उनले भने । लनटेनिस खेल खेल्न चाहने नया खेलाडीहरूलाई उनि निश्चित शुल्क लिएर खेल सिकाउछन । आधारभुत सिप जानेमा खेल खेल्न सहज हुने उनको अनुभव छ । उनि खेलाडीको क्षमता अनुसारको टेक्निक सिकाउन सिपालु छन । उनकै कारण बुटवलका निश्चल ज्ञवाली एशियन गेममा समेत खेल्न सफल भए । लनटेनिस खेल ब्यावसायिक बन्दा आफनो जिविका चलाउ समेत सफल भएको उनी बताउँछन । अहिले उनलाई माल्दिभ र काठमाडौंबाट समेत प्रशिक्षणका लागि अफर आएको उनि बताउछन । ‘अब लेभल वन गर्ने तयारीमा छु ।’—उनले भने । कोचको लागि प्ले टेनिसको आधारभुत लिएका उनि आफनो दक्षता बढाउन लागिरहेका छन ।
‘शुरुवात धेरै कठिनाई थियो अहिले जागिरबाट धेरै सहज भएको छ ।’—उनले भने । भाचिएको रयाकेटबाट खेल्न शुरु गरेको उनि स्मरण गर्छन । खेल खेलाएर नै उनले आफनो खेल सामग्री ग्रिप, स्ट्रिन्ट, राकेट किन्न र आमालाई थोरै रकम दिन सफल भएको उनी बताउँछन । आफनो यो खेल यात्रामा पोखराका लनटेनिस खेलाडी र सहयोगदाताहरूको सहयोगको सधै आभारी रहेको उनी बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?