ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

उल्टो धारमा सुल्टो धारणा

१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

 

परम्परागत समाजमा रहेका सिमान्तकृत र दबाइएका मानिसहरूका अनुभव तथा सचेत दृष्टिकोणले भरिएको कविता संग्रह उल्टो धार कविआर. बि. निश्चलको छैटौं सिर्जना कृति हो । विशेषगरी दलित समुदायप्रति गरिने गरेका विभेदपूर्ण ब्यवहार, ती ब्यवहारबाट अनुभूति भएको पीडा र विद्रोह–चेतनायुक्त सशक्त विषयवस्तु र कविता तत्वको सही र सुन्दर प्रस्तुतिका आधारमा यस कृतिलाई विषयवस्तु, भाषा शैली र प्रस्तुतिको उत्कृष्ट संयोजन भएको मान्नुपर्ने हुन्छ । कवि निश्चलको यस कृतिबारेमा समिक्षक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले भनेका छन् ः मान्छे भनेको मान्छे नै हो र मान्छेलाई जात, वर्ण आदिमा विभाजित गर्नु हँुदैन भन्ने मानवतावादी जीवनमूल्य समानता, स्वतन्त्रता र भ्रातृत्व, धर्म र दर्शनको पुन ब्र्याख्यालाई केन्द्रिय कथ्य बनाइएको छ ।

समयचिन्तन, प्रश्न र आफ्नै आँखागरी तीन भागमा क्रमशः १८, १२ र १८ वटा कविताहरू समेटिएको उल्टो धार कृतिको शीर्षक पनि प्रतिकात्मक, बिम्बात्मक, ब्यंग्यात्मक र विविध अर्थयुक्त छ । अनुभवको दर्पणरूपी जीवनको आलोचनात्मक विश्लेषणबाट सही चेतनाको विकास सम्भव हुने र नवीनजीवन–तस्वीर कोर्ने उद्घोष पहिलो भागको पहिलो कविता “समय–चित्रकार र जिन्दगी–ऐना” कविताबाट गरेका छन् । कविनिश्चल स्पष्ट छन् कि पुराना ब्यवहारलाई निमिट्यान्न पारेर मात्रनयाँ र मूर्त जीवन सम्भव छ । त्यसैले पहिलो कवितामै सीधा तरिकाले भनेका छन् : नयाँनयाँ सिर्जना गर्न पो हो कि, पुराना जीवन ऐनाको अस्तित्व नै मेटाउँछ । शान्तिका नाममाअन्धकार वा मरुभूमिमा बिज फालिनुलाई कविले स्वीकार गर्दैनन् र पागलपगरी लगाइए पनि शान्त तलाउमा ढुंगा हान्ने हिम्मत गर्छन् । अर्थात् कसैलाई दबाएर सिर्जना गरिएको शान्ति भन्दा अन्धकारलाई चिर्दै विज्ञानसम्मत विधि ब्यवहारका लागि आवश्यक बिद्रोहको आव्हान गरेका छन् । जातको क्वारेन्टाइनलाई कोरोनासँग तुलना गरेका कविले छूत–अछूत भनेर जातीय आधारमा गरिएको अन्यायले मानवता हराएको अनुभूति गर्दै त्यस प्रकारको विभेदकारी जातीय वर्णाश्रमलाई यही अन्यायपूर्ण ब्यवहारका कारण समाप्त हुनुपर्ने ठोकुवा गरेका छन् । “अर्को ब्रह्माण्ड चाहियो” शीर्षकको कवितामा कविले माग गरेका छन् :
छोइने यो ब्रह्माण्डमा सारै घृणा पाइयो
प्रभु !
अब मलाई नछोइने अर्कै ब्रह्माण्ड चाहियो ।

कृतिको शीर्षक कविता उल्टो धारमा कविले स्थापित मान्यतालाई आलोचना गर्दै सिर्जनात्मक प्रक्रियाको अभ्यासबाट नै सबै नवीन पद्धतिको विकास भएको प्रशस्त उदाहरण दिएका छन् । यहाँ लेखिएको छ –पुराना धर्मकै धारमा बगेको भए, जिसस, बुद्ध र महावीर जन्मिन्थे कहाँ? अर्थात् मूल्यांकनको तरबारले विकारको विनाश गर्दै सार्थक जीवनका लागि उल्टो धारमा बग्नैपर्ने कवि निश्चलको जिकिर छ ।
उल्टो धारमा बग्नेले नै आफ्नै नयाँधार जन्मायो इतिहास रच्यो र सार्थक जीवन पायो भूमरीको धारमा बग्नेले आफ्रनो अस्तित्व कहाँ जोगायो ? अन्ततःआफ्नो जीवन ब्यर्थमा गुमायो । (उल्टो धार)

आफ्नै अस्तित्वका लागि उल्टो धारमा बग्नुपर्छ । कवि निश्चलको यो मान्यताले सुल्टो धारणा बोकेको छ । अर्थात् मानिसका वीच जातीय आधारमा गरिने विभेदको अन्त्यका लागि जातीय सम्मान, सहकार्य र अस्तित्वको स्वीकारोक्ति र तदनुरूप ब्यवहार गरिएको अनुभूति ती तमाम मानिसहरूमा पर्नु नै सुल्टो बाटो हो । अर्को दृष्टिकोणबाट भन्दा विभेदको भेललाई सम्मानको लहरमा परिणत गर्नका लागि तोकिए कै बाटोबाट सम्भव छैन । निर्धारण गरिएको बाटोबाट हिँडेर वा जातीय विभेदकारी ब्यवहारको अनुशरण गरेर जातीय मुक्ति वा जातीय समानता वा जातीय सम्मान हुँदैन । जातीय सम्मानका लागि लादिएका विकृतिलाई चिर्नैपर्छ । यो विद्रोहलाई उल्टो धार मान्ने हो भने यसप्रकारको उल्टो धारभित्र सुल्टो धारणा समेटिएको भेटिन्छ ।
आर. बि. निश्चल चिन्तित छन् । “समयपंक्षी उड्न नसक्ने भएको छ” शीर्षक कवितामाक विनिश्चलले भनेका छन् ः उज्यालो बिर्सिसकेछ क्या हो, अँध्यारो मन पराउने भएको छ । नयाँ विचार बिजहरूलाई पितृसत्ताको तालबाँध फुटाएर बगाइदिन्छ भन्ने अभिब्यक्ति दिएर उनले परिवर्तनका लागि गरिने प्रयाशहरू सहज र सरल नभएको बोध भएको परिपक्वता देखाएका छन् । तर हाइनाका झुण्डका सामु सिंह पनि हार्दोरहेछ भन्ने दृष्टान्तले संघे शक्तिको भावदिनुका साथै सबैको प्रयाशबाट जतिसुकै बलियो जरा गाडेको जातीय विभेदकारी पद्धतिलाई निस्तेज पार्न सकिने अभिमतदिएका छन् । (सिंह र हाइनाहरू) पहिलो भागको शीर्षक कविता समय चिन्तनमा कविले स्वार्थी मान्छेको चित्रण गरेर आफैलाई प्रश्न गरेका छन् ः समयको अधीनमाआफू वाआफ्नो अधीनमा समय ? लाग्छ समय भनेको समाजका क्रियाकलापहरू हुन् । समाजका संरचना हुन् । समाजमा हुने गतिविधि हुन् । मानिस यी सामाजिक संरचनासँग अन्तरक्रिया गरिरहेको हुन्छ । त्यहाँब्यक्तिर समाजकाविच द्वन्द्वचलिरहेको हुन्छ । यस्तो लाग्छ कि दलित समुदायशिल्पी र उद्यमी समुदायहो । यो समुदाय समाजको जगको ढुंगो हो । तर त्यो जग थिचिएको छ ।दबिएको छ । यदि यो जगले थामिदिन छाड्ने हो भने घर भत्कन्छ । अर्थात् यो समाजको संरचना जोगाउनका लागि दलितहरूले सल्बलाउन नहुने रहेछ ।
कविनिश्चलले पृथ्वीवा जगत्मा जात खोज्छन् । उनका सबै प्रश्नको उत्तरमा जात भेटिदैन । उदाहरणका लागि प्राणीले फेर्ने श्वास, आकाश, पानी, वर्षा, हर्ष, आँसु आदिको कुनै जात छैन । विज्ञानको वर्तमान समयमा जातको कुनै अस्तित्व भेटिदैन । त्यसैले त कविले भनेका छन् यदि यो समाजले विज्ञानसम्मत ब्यवहार गर्न सक्दैन भने डाइनोसर झै सदाका लागि मर्नेछ । (अस्तित्व जोगाउन)
सामाजिक विभेदका कारण पछाडि परेका दलित समुदायकाभोगाइलाई एउटा सचेत युवाकविको विवेकसम्मत आक्रोशले भरिएको उल्टो धार सिमान्तकृत समूहका अब्यक्त भावनाहरू मुखरित भएका छन् । कतै यथार्थ, कतै ब्यंग्य, कतै विवेक, कतै विरोध आदि विविध भावशैलीमा अभिब्यक्त विचारहरूलाई समष्टिमा भन्दा परम्परागत ब्यवहारबाट जातीय अन्यायपूर्ण जीवन बाँच्नु परेकोले सम्मानजनक जीवन बाँच्नका लागि ती प्रचलित ब्यवहारलाई उल्ट्याउनुपर्ने आवबश्यकता बोध यस कृतिमा गरिएको छ । सामाजिक विभेदका विकृतिमा बाँचिरहेका दलित समुदायका अनुभूति र दृष्टिकोणलाई मुख्य विषयवस्तु बनाएर सिर्जना गरिरहेका कवि आर. बि. निश्चलले नेपाली साहित्यलाई अझ बढी योगदान गर्नेमा विश्वस्त छु । अन्तमा शुभकामना स्वरूप कविका शब्दहरू सापटी लिन चाहन्छु ः कविका सुन्दर चेतनाको नयाँ कविता पुष्पफक्रियोस् । (नयाँ कविता पुष्पफ क्रियोस्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?