ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

काकाकुल रेक्चाबासी : पानी माग्न आन्दोलन

१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

सुर्खेत ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको रेक्चागाउँ । जहाँका नागरिक खानेपानी माग्न आन्दोलन गर्न बाध्य छन् ।

उनीहरुले पानी माग्न थालेको वर्षाै भइसक्यो, माग सुनुवाई नभएपछि अन्ततः उनीहरु आन्दोलन गर्न बाध्य भएका हुन् । सधै झै डोकोमा गाग्री बोकेर पानी लिन जाने स्थानीयबासी गएको बिहीवार भने गाउँपालिकामा आन्दोलनमा आए । उनीहरु खानेपानीको माग गर्दै डोकोमा रित्तो गाग्री बोकेर आन्दोलनमा उत्रिए ।

रेक्चा गाउँ चौकुने पालिकाको केन्द्र गुटुदेखि उत्तरतर्फ करिब चार किलोमिटरको दुरीमा पर्छ । अग्लो पहाडको थुम्कोमाथि समथर मैदानमा रहेको यो गाउँ वर्षौँदेखि पानीको चरम अभावमा गुज्रिरहेको छ । स्थानीय तपेन्द्र क्षेत्रीले खानेपानी सङ्घर्ष समितिको नेतृत्व गरिरहेका छन्, उनी वडा सदस्य पनि हुन् । उनकै नेतृत्वमा यहाँका महिला, केटाकेटीदेखि बुढापाकाहरू बिहीबार बिहानै डोको र गाग्री बोकेर आन्दोलन गर्न पालिकाको मुकाम गुट आएका थिए ।

स्थानीय खगिसरा शाहीले खडेरीको समयमा पनि खानेपानी नहुँदा गुजरा चलाउनै समस्या भएको बताइन् । ‘पानी भर्नेकै लागि दिनभरीको समय लाग्छ, खडेरीका कारण भएका कुवा सुकेपछि अहिले खानेपानी नै छैन,’ उनले भनिन्, ‘कतिबेला घरधन्दाको काम गर्ने खेतीपाती बस्तु भाउलाई हेर्ने समय जति पानीकै पालो कुर्नुपर्छ त्यही पनि पानी नै पाइदैन ।’

रेक्चा गाउँ अहिले काकाकुल छ । यहाँका स्थानीयले झण्डै पाँचदशकदेखि पानीकै लागि ठूलो सास्ती भोगिरहेका छन् । गाउँमा ११ वटा कुवा छन् । तर सबैजसो कुवा सुकेका छन् । स्थानीयले अहिले लेदो पानी कपडाले छानेर खाइरहेका छन् ।

चौकुने गाउँपालिकाले चार वर्षअघि कर्णाली नदीबाट लिफ्ट गरेर रेक्चामा ल्याउने भन्दै एक करोड ७२ लाख रूपैयाँमा ठेक्का आह्वान ग¥यो । तर अझैसम्म पनि कामले गति लिएको छैन । भौगोलिक विकटता तथा सडक र विद्युतको अभावमा उक्त आयोजना अगाडि बढ्न नसकेको हो ।

पाँचवर्ष अघिसम्म एक सय १५ घरधुरी रहेको रेक्चामा खानेपानीकै अभावका कारण अहिले ८० घरधुरी छन् ।

पानीको चरम अभाव भएको रेक्चालाई सरकारले कहिल्यै प्राथमिकता लिएको छैन । स्थानीय सरकार बनेपछि पनि न पर्याप्त बजेटको व्यवस्था छ न कुनै आयोजनाका लागि प्रदेश र संघसँग पहल नै थालेको छ ।

मानवअधिकारवादी संस्थाहरूले यहाँको खानेपानी अभावको विषयलाई लिएर राज्य विरुद्ध मुद्दा समेत दायर गरेका थिए । गाउँपालिकाका अध्यक्ष खड्ग विकले रेक्चामा खानेपानीको समस्या समाधान गर्न स्थानीय सरकारले मात्र नभ्याउने बताउँछन् । ‘भौगोलिक विकटताको समस्या छ भने अर्काेतिर पानीको श्रोत टाढा छ जसका कारण पानी ल्याउन समस्या परेको हो’ उनी भन्छन्, ‘स्थानीय सरकारको बलिबुताले नसक्ने हुनाले प्रदेश र केन्द्र सरकार नै लाग्नुपर्ने देखिन्छ ।’

खानेपानीकै समस्या लिएर प्रदेश सरकारका मन्त्रीहरुलाई समेत भेटघाट गरेको उनी बताउँछन् । ‘जलस्रोत तथा उर्जा मन्त्री समक्ष भेटघाट गरेको छु’ गाउँपालिका अध्यक्ष बिकले भने, ‘मन्त्रीज्यूहरु पनि समस्याप्रति सकारात्मक हुनुहुन्छ ।’ यो ठाउँको दीर्घकालीन समस्या समाधानका लागि भने नयाँ तरिकाले सम्भाव्यता अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?