ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

रक्तदातालाई प्रोत्साहनको खाँचो

३२ जेष्ठ २०८१, शुक्रबार
३२ जेष्ठ २०८१, शुक्रबार

आज विश्व रक्तदाता दिवस । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर सन. २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस पनि भनेर मनाउने गरिन्छ । रक्तदाता दिवस मनाउन थालेको दुई दशक पूरा भएको अवसरमा यो बर्षको दिवसको नारा पनि ‘धन्यबाद रक्तदाताहरू २० बर्ष पूरा गर्नुभएकोमा’ भन्ने राखिएको छ । गम्भीर प्रकृतिका र शल्यक्रियामार्फत उपचारका सन्दर्भमा ‘रगत’ को आवश्यकता पर्ने हुनाले देशका महत्वपूर्ण स्थानमा रेडक्रसले ‘ब्लड बैंक’ स्थापना गरी रगत आवश्यक पर्ने विरामीलाई रगत उपलब्ध गराउँदै आएको छ । रेडक्रसद्वारा सञ्चालित रक्त केन्द्रहरूले ‘रक्तदान’ द्वारा आवश्यक सेवा दिँदै आएका छन् । तर, अहिले बिरामीको चाप, त्यही अनुपातमा शल्यक्रिया अनि बढी संख्यामा बच्चा अस्पतालमा जन्माउने आमाहरू भर्ना हुने हुँदा रगतको आवश्यकता तथा माग र आपूर्तिका बीच अन्तर बढ्न गएको छ । विगत केही समयदेखि रगतको चरम अभावको अवस्था छ । त्यसको प्रत्यक्ष मार बिरामीमा पर्छ र कतिपय मामिलामा समयमा शल्यक्रिया नहुँदा उनीहरूको ज्यान थप जोखिममा पर्ने गरेको छ । यो संवेदनशील मानवीय समस्या हो र अमूल्य मानव जीवन रक्षामा समाज आफ्नो दायित्वबाट वञ्चित हुन सक्दैन् । पछिल्लोसमय रक्तदानको बिषयमा आम चेतना बृद्धिमा योगदान पुग्दै आएको छ । युवाहरूको एउटा समूह रक्तदानमा सकृय रहँदै आएको पनि छ । यो खुसीको कुरा हो । स्वयंसेवी रक्तदाताहरूको अभियानबाट धेरै रक्तदानमा सहयोग पुगेको छ । बुटवलमा पनि रक्तदाता समूह र स्वयंसेवी रक्तदाता समूह स्थापना भएको छ ।

विश्व रक्तदाता दिवसको अवसरमा नेपालका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने गरि सचेतनामूलक ¥याली, कोणसभा, प्रभातफेरी लगायत कार्यक्रम आयोजना गरिंदै आएको छ । रगतको महत्व बुझाउँदै त्यसको आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता स्वरूप यो दिवस मनाउने गरिएको सन्दर्भमा कसैकोपनि रगत अभावमा ज्यान नजाओस् भन्नेतर्फ सचेत हुनुपर्ने आवश्यक छ । साथै यो दिवसले नयाँ रक्तदाताहरूलाई उत्प्रेरित गर्ने भएकोले यो दिवसको महत्वको बिषय आफैमा ओजपूर्ण छ । रक्तदाता दिवसकै अवसरमा रगत अभावमा मृत्यु शैयामा पुगेकाहरूलाई बचाउने ती असंख्य रक्तदाताहरूलाई सम्मान दिनु अति आवश्यक छ । अबका दिनमा रक्तदानको निरन्तरता र रक्तदाताले सम्मान पाउने अवस्था सिर्जना गर्नुपनि त्यत्तिकै आवश्यक छ । रगत दान कति समयको अन्तरमा हुँदा राम्रो हुन्छ र त्यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ, यी सबै विषयबाट रेडक्रससँगै स्कुल पाठ्यपुस्तकमा ‘पाठ’ समावेश गरिएमा त्यसले अरूको जीवन रक्षामा युवा तथा विद्यार्थीलाई प्रोत्साहित गर्ने छ । त्यस्तै बराबर रक्तदान गर्नेहरूलाई सरकार र समाजका विभिन्न निकाय तथा अस्पतालहरूले समेत सम्मान गर्न थालेमा त्यसले धेरैलाई प्रोत्साहित गर्ने छ । रक्तदान गर्नेहरूको संख्या मुलुकमा कम छैन, तर उनीहरूको व्यवस्थित र व्यापक सञ्जाल नहुँदा अनि अरूको जीवन रक्षामा उनीहरूको योगदानलाई समाज र सरकारले उचित कदर गर्न नसक्दा पनि अहिलेको अभावको स्थिति उत्पन्न भएको हो । त्यो सँगसँगै ब्लड बैंक सञ्चालन गर्ने रेडक्रसले अभाव हुनुअघि नै नियमित अपिल जारी गर्दा यस्ता समस्याको समाधान समयमै हुनेछ । अव हरेक सरकारी अस्पताल र केही नीजि ठूला अस्पतालले आफ्नो ब्लड बैंक स्थापना गर्नु अत्यावश्यक भैसकेको छ । त्यो माग पनि उठेको छ । स्वयंसेवी रक्तदाता समाज रूपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा ब्लड बैंक स्थापना माग गरेको छ । अस्पतालले अव ढिलो नगरी ब्लड बैंक स्थापना गरेर विरामीले दिने द्रुत सेवामा आफूलाई प्रतिवद्ध गरोस् । रगत नपाएकै कारण कोही कसैले ज्यान गुमाउने अवस्था सिर्जना नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?