Butwal Today

पाल्पाको नुवाकोट घुमेर फर्किंदै गरेको कार दुर्घटनामा तीनजनाको मृत्यु

मृत्यु हुनेमा बुटवल –१० का रामप्रसाद शर्मा (छविलाल) तथा तिलोत्तमाका आशा श्रेष्ठ र भगवती श्रेष्ठ रहेका छन् ।
३० जेष्ठ २०८१, बुधबार
अ+
अ-

 बुटवल,२९ जेठ । बुटवलमाथिको नुवाकोटबाट फर्किँदै गरेको कार  दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार  बुधबार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो । सडकदेखि करिब सय मिटर तल खसेर भएको दुर्घटनामा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल –१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा ( छविलाल शर्मा)  , तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी २ जना घाइते भएका ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । दुर्घटनमा घाइते भएहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।