Butwal Today

नेपालविरुद्ध श्रीलंका : वर्षा रोकियो, मैदान निरीक्षण हुँदै

३० जेष्ठ २०८१, बुधबार
अ+
अ-

काठमाडौँ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ ।

अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण ढिलाइ भएको छ ।

वर्षाका कारण टससमेत हुन सकेको छैन । अहिले वर्षा भने रोकिएको छ । मैदानमा पानी जमेका कारण त्यसलाई हटाउने प्रयास भइरहेको जनाएको छ ।

थप पानी नपरे मैदान तयार गर्न कम्तीमा एक घण्टा लाग्न सक्ने आईसीसीको भनाई छ । नेपाल र श्रीलंकाबिच खेल हुने दिन बुधबार फ्लोरिडाको मौसम खासै गतिलो रहने छैन ।

यो स्टेडियममा मंगलबार हुने भनिएको अभ्यास सत्र पनि वर्षाका कारण प्रभावित भएको थियो । बुधबार पनि मेघ गर्जनसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।