Butwal Today

प्रदेश संरचना दलहरुका तेस्रो तहका नेता थन्काउने थलो : गृहमन्त्री

३० जेष्ठ २०८१, बुधबार
अ+
अ-

काठमाडौं,२९ जेठ । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचना दलहरुका तेस्रो तहका नेताहरु थन्क्याउने थलो मात्रै बनेको बताएका छन् । उनले प्रदेशलाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताए।

नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्रीले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको भन्दै व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताए ।

प्रदेशलाई रिट्रोफिटिङ गरेर ठीक बनाउन आवश्यक रहेको भन्दै उनले अहिले बेढंगको छ, ढंगको बनाउनुपर्छ भने ।

गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए ।