Butwal Today

चन्द्र माविका भूपू विद्यार्थीहरुको पुनर्मिलन

३० जेष्ठ २०८१, बुधबार
अ+
अ-

बुटवल ।

चन्द्र माध्यामिक विद्यालय सानो चिदिका अर्घाखाँचीबाट २०५३ सालमा एसएलसी दिएका विद्यार्थीहरुबिच पुनर्मिलन कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।

पुनर्मिलन कार्यक्रमको संयोजन अमेरिकाबाट हालै मात्र नेपाल आएका गणेश रानाले गरेका थिए । भूपू विद्यार्थीहरुको भेलाले आगामी दिनमा अन्य भूपू विद्यार्थीहरुलाई पनि जोड्ने गरी योजना तय गरेको पुर्व विद्यार्थी दिपक भुसालले बताए ।

२०५३ सालमा चन्द्र माविबाट ५२ जना विद्यार्थीले एसएलसी दिएका थिए । ती सबै विद्यार्थीहरुलाई आगामी दिनमा जोड्ने गरी योजना बनाइएको उनले बताए ।

मंगलबार सम्पन्न पुनर्मिलन भेलामा गणेश राना, दिपक भुसाल, लक्ष्मण पौडेल, आशा मरासिनी, दुर्गाबहादुर थापा, कल्पना बस्नेत थापा, उर्मिला अर्याल, मिरा ज्ञवाली गौतम, रामहरि पाण्डे, सिर्जना ज्ञवाली, पार्वता अर्याल लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?