Butwal Today

अत्यधिक गर्मीका कारण दाङका विद्यालय दुइदिन बिदा

३० जेष्ठ २०८१, बुधबार
अ+
अ-

दाङ,३० जेठ ।

दाङमा अत्याधिक गर्मी भएका कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि दुइदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

केही दिनदेखी अत्याधिक तापक्रम बढेको र  जसका कारण बालबालिकाहरुको स्वास्थमा प्रतिकुल असर देखा पर्न थालेपछि जेठ ३१ र ३२ गते दुईदिन पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको घोराही  उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए। यसैगरी तुलसीपुर महानगरपालिकाले पनि जेठ ३१ र ३२ गतेका लागि सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।

लमही नगरपालिका, गढवा , राजपुर र शान्तिनगर गाउँ पालिकाले पनि दुइदिन बिदा दिएका छन् ।