ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते
सञ्चारको बजेट

बुटवल उपमहानगरले किन रोक्यो कार्यक्रमबापतको भुक्तानी ? अख्तियार भन्छ–कार्यक्रमको भुक्तानी रोक्न मिल्दैन

२९ जेष्ठ २०८१, मंगलवार
२९ जेष्ठ २०८१, मंगलवार

बुटवल, २९ जेठ ।

स्थानीय सञ्चारमाध्यमलाई जथाभावी रकम बाँडेको भन्दै बुटवल उपमहानगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेपछि उपमहानगरले सञ्चार सम्बद्ध संस्थाहरुले गरेको कार्यक्रम बापतको भुक्तानी समेत रोकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उपमहानगरले स्थानीय देखि राष्ट्रिय सञ्चारमाध्यममा विज्ञापनको नाममा जथाभावी पैसा बाँडेको भन्दै उजुरी परेको थियो । तर उपमहानगरले भने विज्ञापन बाहेक कार्यक्रम गरेबापतको भुक्तानी समेत रोकेको हो ।

पत्रकार सम्बद्ध संस्था तथा कतिपय सञ्चार माध्यमले समेत विभिन्न विषयमा प्रस्ताव पेश गरी नगरपालिकासँगको सम्झौता र सहकार्यमा कार्यक्रम गरी भुक्तानीका लागि समेत उपमहानगरमा निवेदन पेश गरेका छन् ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले अख्तियारबाट पत्र प्राप्त भएपछि भुक्तानी हुने बताए । “अख्तियारले यसबारेमा अध्ययन गरी उपमहानगरलाई जानकारी गराउला, त्यसपछि भुक्तानी हुन्छ”–उनले भने ।

यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलले विज्ञापन बापत जथाभावी पैसा बाँडेको भए त्यसविरुद्ध छानविन हुने, अन्यथा कार्यक्रम गरेका संस्थाहरुको भुक्तानी रोक्न आवश्यक नभएको बताए । “सञ्चार सम्बद्ध संस्थाहरुले उपमहानगरसँगको सम्झौतामा कार्यक्रम गरेको भए त्यसबापतको भुक्तानी रोक्न आवश्यक छैन र रोक्न पनि मिल्दैन, अन्य विषयमा भने अध्ययनपछि मात्रै थाहा हुन्छ”–उनले भने ।

अख्तियार प्रमुख पौडेलले विज्ञापनबापत जथाभावी रकम सञ्चारमाध्यमलाई बाँडेको भन्ने विषयमा अध्ययनपछि निष्कर्ष निस्किने बताए । तर पत्रकार सम्बद्ध संस्था र सञ्चारमाध्यमले कुनै विषयमा कार्यक्रम गरेको भए त्यसबापतको भुक्तानी रोक्नु नपर्ने उनले बताए ।

उपमहानगरपालिकाको २०८० पुस १३ गते बसेको १४ औं अधिवेशनको दोस्रो बैठकले विभिन्न मिडियाबाट आएका प्रस्ताव र सन्देशमुलक सूचना प्रकाशनका लागि आएका प्रस्तावमध्ये १ देखि ३५ नम्बरसम्मका सञ्चार माध्यम एवं प्रकाशन गृहलाई बजेट दिने निर्णय गरेको थियो ।

सोही निर्णयमै कार्यक्रम प्रस्ताव एवं सूचना प्रकाशन र प्रसारण बापतको रकम स्वीकृत बजेट शीर्षक “नगरप्रमुख सञ्चार क्षेत्र प्रोत्साहन तथा नगर गतिविधि प्रचार कार्यक्रम” बजेट शीर्षकबाट दिइने निर्णय कार्यपालिकाको बैठकले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?