ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)

प्रादेशिक अस्पतालमा ब्लड बैक खोल्न रक्तदाताहरुको माग

२९ जेष्ठ २०८१, मंगलवार
२९ जेष्ठ २०८१, मंगलवार

बुटवल, २९ जेठ । अस्पतालमा उपचार गर्न आउने बिरामीका आफन्तलाई रगतको जोहो गर्न धेरै कठिन हुने गरेको छ । अझ दुरदराजबाट उपचारमा आएका बिरामीका आफन्तहरु रगत कहाँ पाइन्छ, कसरी लिने र मूल्य तिर्नुपर्ने हो वा निःशुल्क जस्ता धेरै कुराको ज्ञान हँुदैन । यस्तोमा बिरामीहरुलाई सहज हुने गरी अस्पताल परिसरमा नै ब्लड बैक स्थापना गर्न सके बिरामी र बिरामीका आफन्तलाई सहज हुने देखिन्छ । बुटवलको ब्लड बैकमा संकलन हुने रगत मध्ये सबैभन्दा धेरै खपत हुने लुम्बिनी प्रादेशिक अस्पतालमा आफ्नै ब्लड बैंक स्थापना गर्न रुपन्देहीका रक्तदाताहरुले नवनियुक्त मेडिकल सुपरिटेन्टेन्ड डा. ईन्द्र ढकाललाई माग गरेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाले मंगलबार अस्पतालमा परिसरमा नवनियुक्त मेसु डा. ईन्द्र ढकाललाई शुभकामना तथा बधाई कार्यक्रम गरी बिरामीहरुलाई सहजताका लागि आफ्नै ब्लड बैंक खोल्न माग गरेका हुन् ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्री, उपाध्यक्ष उदयराज भट्टराई, तिलोत्तमा शाखाका महासचिव सागर पाठक, भेषराज आचार्य, प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठले नवनियुक्त मेसु डा. ईन्द्र ढकाललाई मायाको चिनो र खादाबाट सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले प्रादेशिक अस्पतालमा ब्लड बैक खोल्न सकिने धेरै सम्भावना रहेको बताए । रक्तसंचार नीति २०७१ मा जारी भएसंगै नेपाल सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत ब्लड ब्युरो गठन गरी रक्तजन्य कार्यको ब्यवस्थापन गर्ने जिम्मेवारी दिएको भन्दै उनले एक सय बेड भएका अस्पताल आफ्नै ब्लड बैक खोल्न पाउने प्रावधान रहेको बताए ।

ल्याबको गुणस्तर अनुसार ए देखि ई सम्मका ब्लड बैक खोल्न सकिने उनले बताए । हाल नेपाल रेडक्रस सोसाईटीद्वारा संचालनमा रहेको ब्लड बैकले रगतको मागलाई थेग्न नसकेको बेला ठुलो अस्पताल आफनै संचालनमा ल्याउनु बिरामीहरुलाई धेरै राम्रो हुने उनको तर्क छ । ‘यसअघि नै भिम अस्पतालमा आफनै ब्लड बैक संचालनमा आएको छ’—उनले भने ।
भैरहवा मेडिकल कलेजमा समेत ब्लड बैकको युनिट छ । अस्पतालभित्र नै ब्लड बैक संचालन गर्ने सके यसबाट बिरामीहरुलाई सहजता मिल्ने उनले बताए । अस्पतालमा खपत गर्ने रगतको एक तिहाई रगत सोधभर्ना गर्ने गरेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल मेसु डा. ईन्द्र ढकालले धेरै राम्रो विषय उठान भएको भन्दै यस विषयमा छिट्टै काम गरिने बताए । अघिल्लो कार्यकालमा समेत ब्लड डिस्प्याज सेन्टर र ब्लड बैक राख्ने विषयमा लामो छलफल भएको भन्दै उनले जनशक्ति र उपकरणलाई ब्यवस्थापन गरेर आवश्यक निर्णय गरिने बताए । प्रक्रिया पूरा गरेर काम गर्नतर्फ अघि बढ्ने प्रतिवद्धता जनाउँदै उनले आईसियु स्थापना भएको करिब ६ वर्षपछि पुर्ण रुपमा संचालनमा आएको उदाहरण पेश गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?