ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

अबैध दोहन नियन्त्रणमा किन बेवास्ता ?

२९ जेष्ठ २०८१, मंगलवार
२९ जेष्ठ २०८१, मंगलवार

रूपन्देही जिल्लाका नदीहरूबाट अबैधरूपमा नदीजन्य पदार्थको दोहन बढिरहँदापनि सम्वन्धित पालिकाहरू मौन बस्नु आश्चर्यको बिषयमात्र होइन, त्यसभित्र ठूलै आर्थिक चलखेल रहेको आशंका गरिएको छ । बिगतमा नदीजन्य पदार्थको दोहन कुनैपनि अवस्थामा मान्य हुँदैन भन्दै चर्को भाषण गर्ने जनप्रतिनिधिहरू यतिबेला अबैध दोहन भैरहँदा पनि मौन छन् । पालिकाहरूले विभिन्न नदीहरूबाट बालुवा, गिट्टी र मिस्कट निकाल्न ठेक्का लगाएका छन तर मापदण्डभन्दा बाहिर गएर नदीको दोहोलो काढ्दा समेत पालिकाका जनप्रतिनिधिहरू चुप बस्नु चिन्ताको बिषय हो । नदीबाट अबैध दोहनको काम अति नै भएपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले मापदण्ड विपरित नदीजन्य पदार्थ निकासी भैरहेको भन्दै जिल्लाका स्थानीय पालिकाहरूलाई तत्काल नियन्त्रण गर्न निर्देशन दिएको छ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकाका प्रमुखलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्देशन दिनुभएको छ । यी पाँच स्थानीय तहका खोलाबाट नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ । उत्खनन्का क्रममा नियम र कार्यविधि भन्दा बाहिर गएर नदीजन्य पदार्थ उत्खनन् हुँदा पालिकाका प्रमुखहरू मौन रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले निर्देशन नै दिनुपरेको छ । कमाउनेहरूका लागि यो अति सुनौलो अवसर हो । किनभने नदीजन्य पदार्थमा करोडौंको कारोबार हुन्छ । जनप्रतिनिधिहरू सम्वन्धित ठेकेदार पक्षसंग मिलेर कमाउने दाउमा रहेको आशंका उत्पन्न हुनु स्वाभाविक हो । यद्यपि सवै जनप्रतिनिधि एउटै प्रकृतिका नहोलान् तर उनीहरूको मौनताले प्रश्न उत्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना नै जारी गरेर निर्देशन दिनुपर्ने अवस्था आउने भनेको सामान्य कुरा होइन । तसर्थ जहाँ जहाँका नदीबाट उत्खनन भैरहेको छ, ती क्षेत्रका पालिका प्रमुखमाथि शंकाको बादल मडारिएको छ । जिल्ला प्रशासनले समेत पालिकाका प्रमुखहरूलाई तोकेरै निर्देशन जारी गरेको छ । जिल्ला समन्वय समिति रूपन्देहीले नदीजन्य पदार्थको उत्खनन्का क्रममा घाट गद्धि नगरी सिधै क्रसरमा लैजाने र तोकिएको ठाउँ भन्दा बाहिर गएर घाटगद्धि गर्ने भन्दै अनियमितताको आशंका गरेको छ ।

जिल्ला समन्यव समितिले सबै ठाउँको माल अनुगमन गरे पश्चात मात्रै विक्री आदेश दिने नीतिबाट दायाँबायाँ नहोस् । अहिले ती खोलाबाहेक अरू नदीहरूबाट पनि ढुंगा, गिट्टी र बालुवाको अवैध दोहन बढिरहेको छ । नदीजन्य पदार्थमा भैरहेको मनमौजी अहिलेमात्रै होइन, धेरै पहिलेदेखि चल्दै आएको छ । यही प्रकारले नेपालका नदीजन्य बस्तुको खुलेयाम दोहन हुने हो भने चुरेले निम्त्याउने समस्या दिर्घकालीन चुनौति वन्ने अवस्था देखिदैछ । यसअघिका स्थानीय तहका जनप्रतिनिधिको कार्यकालजस्तै नयाँ जनप्रतिनिधिको कार्यकाल पनि प्राकृतिक सम्पदाको दोहनकै सेरोफेरोमा बित्ने संभावना देखिएको छ । उपलब्ध प्राकृतिक स्रोतको सदुपयोग र दोहनका बीचको दुरी कम गर्न नसक्ने हो भने निश्चितरूपमा यो समस्या भयानक समस्याका रूपमा देखापर्नेछ । स्थानीय तहले नदीजन्य पदार्थलाई आयस्रोत बनाउनु अनुचित होइन । तर, उत्खननका नाममा दोहन चिन्ताको कुरा हो । पहिलेदेखि यही क्षेत्रलाई आँखा लगाएकाहरूले जनप्रतिनिधिलाई हातमा लिएर दोहन गरिरहेका छन । रूपन्देहीमा नदीजन्य सामाग्रीको अवैध दोहन बढिरहँदा पनि सम्वन्धित पक्षको मौनता रहस्यमय छ । खासगरी जनप्रतिनिधिकै संलग्नतामा यस प्रकारका काम भैरहेको स्थानीय जनताको गुनासो छ । अतः अवैध दोहन नियन्त्रणमा पालिकाका प्रमुखहरूको ध्यान जाओस् । जिल्ला प्रशासन कार्यालयले अवैध दोहन नियन्त्रणको लागि आफै पनि पहल गरोस् । गलत भएको छ भने कारवाही गर्ने काममा प्रशासन नचुकोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?