ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
धर्म संस्कृति :

कामाख्या मन्दिरमा किन बन्द गरिन्छ पूजाआजा चार दिनसम्म ?

२९ जेष्ठ २०८१, मंगलवार
२९ जेष्ठ २०८१, मंगलवार

बुटवल,२९ जेठ । लुम्बिनी केबलकारको माथिल्लो स्टेशनमा रहेको प्रख्यात शक्तिपीठ कामाख्या देवी मन्दिरमा असार दोस्रो साताको चार दिन पुजाआजा बन्द गरिने भएको छ ।

प्रत्येक वर्ष असार महिनाको दोस्रो साता (जुन महिना अन्त्य) तिर चार दिनसम्म लाग्ने अम्बुबाची मेलाका कारण मन्दिरमा पूजापाठ बन्द गर्ने प्रचलन रहेको छ । सोही धार्मिक मान्यता अनुसार असार ७ गते सांझ बन्द हुने मन्दिरमा ११ गते सांझ विशेष पूजा गरेर पुनः मन्दिर खुल्ने मन्दिरका पुजारी सुरेश पौडेलले बताए ।

चौथो दिन मन्दिर विशेष पूजा तथा धार्मिक अनुष्ठानहरु गरिन्छ। त्यस दिनलाई महाशोभा पनि भनिन्छ र भक्तजनहरु पुनः मन्दिरमा प्रवेश गर्न पाउँछन्।

मन्दिरमा पूजाआजा बन्द हुने भएपनि केबलकार, रेष्टुरेन्ट, जीपलाइन, स्काई साइक्लिङ भने नियमित सञ्चालन हुने म्यानेजर प्रज्ज्वल घिमिरेलेजानकारी दिए ।

अम्बुबाची मेलाको समयमा मन्दिरको ढोका बन्द गरिन्छ र कुनै पनि पूजा, दर्शन, वा धार्मिक गतिविधि नगरिने प्रचलन रहेको पुजारी पौडेलले बताए ।
अम्बुबाची पर्व कामाख्या देवीको मासिक धर्मलाई प्रतीकात्मक रूपमा मनाइन्छ। हिन्दू धर्मशास्त्र अनुसार, यस अवधिमा कामाख्या देवी पृथ्वी माताको रूपमा शुद्धिकरण र पुनर्जीवनको चरणमा हुन्छिन् । पौराणिक कथाअनुसार, यस अवधिमा देवी कामाख्या रजस्वला मासिक धर्ममा रहन्छिन्।

यो मान्यता विशेषगरी मन्दिरको गर्भगृहमा रहेको योनिमण्डल (स्तम्भ) सँग सम्बन्धित छ। अम्बुबाची मेलाको समयमा, यो योनिमण्डलमा पवित्र जल प्रवाहित हुन्छ र यसलाई रातो रङको कपडाले ढाकिन्छ। यसले मासिक धर्मको प्रतीकको रूपमा रजस्वला भएको झल्को दिन्छ।

यो समयमा पवित्र जललाई रातो रङको कपडामा संचित गरिन्छ र भक्तजनहरूलाई प्रसादको रूपमा वितरण गरिन्छ। यसलाई देवीको पवित्र रजस्वला जल मानिन्छ।
धार्मिक मान्यतामा यो प्रक्रिया देवीको मासिक धर्मको प्रतीकात्मक रूपमा लिइन्छ। यसको वैज्ञानिक कारण भए तापनि धार्मिक र सांस्कृतिक दृष्टिकोणले यसलाई महत्वपूर्ण मान्यता दिइएको छ ।

आईएमई ग्रुपको नेतृत्वमा स्थानीयको समेत लगानीमा एक वर्षअघि सञ्चालनमा आएको लुम्बिनी केबलकारको माथिल्लो स्टेशनमा रहेको कामाख्या मन्दिरमा दर्शन गर्न नेपालीसंगै भारतीयहरुको समेत उल्लेख्य संख्यामा आउने क्रम बढ्दो रहेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।
कामाख्या देवी मन्दिर दर्शन गर्नाले धार्मिक, आध्यात्मिक, र सांसारिक विभिन्न फलहरू प्राप्त हुने विश्वास छ। पण्डित तथा पुरोहित सुरेश शर्मा पौडेलका अनुसार निःसन्तानलाई सन्तान प्राप्ति हुने मान्यता छ। सन्तानको इच्छा राख्ने दम्पतीहरू यहाँ विशेष पूजा अर्चना गर्न आउँछन्।
यस्तै मन्दिरमा दर्शन र पूजा गर्नाले रोग र व्याधिबाट मुक्ति मिल्ने विश्वास गरिन्छ। यस्तै मुक्ति, मोक्ष, समृद्धि, रोग नाश र मनोकामना पूर्ति हुने धार्मिक मान्यता र विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?