Butwal Today

आज दिउँसो सबै बैंकको अनलाइन सेवा ५ घण्टा अवरुद्ध हुने

२८ जेष्ठ २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

आज (सोमबार) दिउँसो एक बजेदेखि सम्पूर्ण बैंकको अनलाइन सेवा अवरुद्ध हुने भएको छ।  भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेमा समस्या आउने भन्दै बैंकहरुले सेवा अवरुद्ध हुने जनाएका हुन्।

फोनपेले आज आफ्नो डेटा अपग्रेड गर्दै छ।

सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपेग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन्।

बैंकहरुका अनुसार ५ बजेपछि भने अनलाइन सेवा पुनः साविककै ढंगले सञ्चालन हुनेछन्।