Butwal Today

रुपन्देही फ्लोरमिल एशोसिएशन गठन

२८ जेष्ठ २०८१, सोमबार
अ+
अ-

बुटवल, २८ जेठ ।

रुपन्देहीमा रहेका फ्लोर मिल सञ्चालन गर्ने व्यवसायीहरुको भेलाबाट ‘रुपन्देही फ्लोवर मिल एशोसिएशन ’ गठन गरिएको छ । भैरहवामा भएको भेलाबाट श्रीकृष्ण पोखरेलको अध्यक्षतामा एशोसिएशन गठन भएको हो ।

समितिको उपाध्यक्षमा गोविन्द प्रसाद गोयन्का, सचिवमा अरुण कुमार गोयन्का, कोषाध्यक्षमा आनन्द ओझा चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा सञ्जय अग्रवाल, विजय गोयन्का, शुभम अग्रवाल चयन भएका छन् । एशोसिएशनमा १८ वटा उद्योग सदस्यको रुपमा रहेका छन् ।