ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

कपिलवस्तुमै भेटिए १ सय २७ नयाँ कुष्ठरोगी

२७ जेष्ठ २०८१, आइतबार
२७ जेष्ठ २०८१, आइतबार

कपिलवस्तु, (बुटवल टुडे) २७ जेठ। चालु आर्थिक बर्षको हाल सम्मको अबधीमा कपिलवस्तुको यशोधरा गाउँपालिकामा कुष्ठरोगका १६ नयाँ बिरामी फेला परेका छन । पालिकामा कुष्ठरोगका बिरामी फेला पर्ने क्रममा बृद्धि सगै कुष्ठरोगको खोज पड्ताल आवश्यक देखिएको स्वास्थ्यकर्मीहरू बताउछन । बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार १ लाख जनसंख्यामा १ जना भन्दा कममा कुष्ठ रोग भेटिएको अवस्थालाई नियन्त्रित अवस्थामा रहेको मान्ने मापदण्ड छ । तर ४५ हजार ६ सय ४७ जनसंख्या रहेको यशोधरा गाउँपालिकामा मात्रै हाल सम्म १६ कुष्ठरोगका नयाँ संक्रमित फेला परेका छन । पालिकाको वडा नम्बर ७ मा सबै भन्दा बढि ८ जना, वडा नम्बर ६ मा ५ जना र वडा नम्बर ३,४ र ८ मा १÷१ जना कुष्ठ रोगी फेला परि सकेका छन ।

पालिकामै सबै भन्दा बढि नयाँ कुष्ठरोगी फेला परेको वडा नम्बर ७ का सोमडिह स्वास्थ्य चौकीका प्रमुख अशोक कुमार मिश्राका अनुसार चालु आर्थिक बर्षको साउन महिनामा ३ जनामा संक्रमण फेला परे पछि वडामा छालारोग बिशेषज्ञ डाक्टर सहित स्क्रिनिङ्ग शिवीर गरिएको थियो । ६ हजार ८ सय १ जनाको जनसंख्या रहेको वडामा सात वटा गाउँ छन, तर सबै गाउँमा सम्भावित कुष्ठरोगीको खोजी हुन पाएको छैन । भारत सँग सिमा जोडिएको सो वडामा भेटिएका कुष्ठरोगी संक्रमित भारतबाट आयातित हुन कि भन्ने शंका रहेको मिश्रा बताउछन । “कुष्ठरोगी भनेर सोझै पहिचान गर्न खोजिए, समाजको डरले संक्रमित आउदैनन । त्यसैले छाला सम्बन्धि रोगका बिशेषज्ञको शिवीर आयोजना गरि स्क्रिनिङ्ग गरेर नयाँ कुष्ठरोगी पहिचान गर्नु पर्ने आवश्यकता छ । ” उनी भन्छन ।

पालिकामा फेला परेका कुष्ठरोगी अहिले उपचारकै क्रममा छन । उनीहरूलाई लक्षणका आधार (लाटो फ्रुस्रो दाग) को आधारमा पहिचान गरिएको हो । ति पहिचान भएका कुष्ठरोगीलाई सबै स्वास्थ्य संस्थामा निशुल्क उपचार हुने गरेको छ । पहिचान भएका कुष्ठरोगीलाई संक्रमणको अवस्थाका आधारमा सामान्य अवस्थाको पाउसी बेसलरी (पिबी)को हकमा ६ महिना र जटिल अवस्थाको मल्टी बेसलरी (एमबी) को हकमा १२ महिना सम्म औषधी उपचार गरिन्छ । शुरुवातमै उपचार गरें कुष्ठ रोग निको हुने भए पनि अंगभंग भएको भाग भने निको हुदैन । यही हिसाबले अस्वभाविक रूपमा कुष्ठरोगी फेला पर्ने क्रम भए पालिकानै कुष्ठ रोगको हटस्पट बन्न सक्ने गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र कुमार मिश्रलाई डर छ ।
आगामी बर्षको योजनामा कुष्ठरोगी पहिचानका लागी खोज पड्तालको कार्यक्रमको आवश्यकता रहेको उनले दर्शाए । “यो संवेदनशिल बिषय हो । कुष्ठरोगी पहिचानका लागी संघ, प्रदेश र पालिकाले खोज पड्तालको कार्यक्रम बनाउन आवश्यक छ ।” उनी थप्छन । पालिका तहले आगामी बर्ष कुष्ठरोगी खोज पड्तालको कार्यक्रमका लागि बजेट बिनीयोजन गर्ने भए पनि त्यो प्रयाप्त नहुने भएकाले अन्य निकायको सहयोग आवश्यक रहेको मिश्राले बताए । पालिकामा हाल सम्म फेला परेका कुष्ठरोगी आयातित भन्दा स्थानियस्तरकै संक्रमण भएको आफ्नो बुझाई रहेको उनले स्पष्ट पारे ।

यता स्वास्थ्य कार्यालय कपिलवस्तुले चालु आर्थिक बर्षको बैशाख महिना सम्म १ सय २७ नयाँ कुष्ठरोगी फेला पारेको जनाएको छ । जेठ महिनामा पनि संक्रमित फेला परेको भए पनि संक्रमितको तथ्याङ्क अझै ईन्ट्रि भै सकेको छैन । अघिल्लो आवमा जिल्लामा कुल १ सय ६७ नयाँ कुष्ठरोगी फेला परेका थिए । चालु आर्थिक बर्षमा नयाँ फेला परेका कुष्ठ रोगीमा सबै भन्दा बढि जिल्लाको महाराजगंज नगरपालिका र त्यस पछि बिजयनगर, यशोधरा र शिवराज नगरपालिकामा छन । चालु आर्थिक बर्षमा जिल्लाका १० पालिकाको २० वटा वडामा कुष्ठरोगी खोज पड्ताल कार्यक्रम अन्र्तगत १ हजार ९ सय ५५ जनामा परिक्षण गर्दा ३० जनामा कुष्ठरोगको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका क्षय कुष्ठ निरिक्षक मोहम्मद ईरफानले जानकारी दिए ।

त्यसै गरि ल्याप्रोसी मिसनले शिवराज नगरपालिकाको शिवपुर र शिवगढी तथा बाणगंगा नगरपालिकाको मोतीपुर गजेहडामा गरेको कुष्ठरोगी पहिचान शिवीरमा ५ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । त्यसै गरि बाणगंगा नगरपालिकाले नगरका ६ वटा वडामा चलाएको शिवीरमा पनि १४ जना नयाँ कुष्ठरोगी फेला परेको अधिकृत ईरफानले जनाए । सो सगै ल्याप्रोसि मिसन र आईएनएफले कृष्णनगरको शिवानगर, महाराजंजको उदयपुर र शिसवा तथा यशोधराको सोमडिहमा चलाएको ५ वटा शिवीरमा थप १८ जना नयाँ कुष्ठ रोगी फेला परेका थिए । नयाँ केश फेला परेका स्थानमा कन्ट्रयाक्ट ट्रेसिङ्ग गरिएको थियोे ।

संक्रमित फेला परेका सहितको वरपरका पाँच वटा घर र बिरामी सँग हप्तामा २० घण्टा बिताउने व्यक्तिहरूलाई आधार बनाएर कन्ट्रयाक्टर ट्रेसिङ्ग गर्ने गरिएको छ । त्यसै गरि कन्ट्रयाक्ट ट्रेसिङ्ग गरिएका व्यक्तिलाई संक्रमण सर्न नदिन रिफामपिसिन नामक औषधी खुवाउने गरिएको जनाईएको छ । संक्रमण फेला परेका र शंकास्पद स्थानमा व्यापक खोज पड्ताल कार्यक्रम र परिक्षण शिविरको आवश्यकता रहेको क्षय कुष्ठ अधिकृत मोहम्मद ईरफान बताउछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?