Butwal Today

एमसीसी सम्झौता अनुमोदन गर्नु गम्भीर त्रुटि :  झलनाथ

२७ जेष्ठ २०८१, आइतबार
अ+
अ-

काठमाडौं,२७ जेठ ।    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौता अनुमोदन गर्नु गम्भीर त्रुटि भएको बताएका छन् ।  आइतबार काठमाडौँमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमसीसी अनुमोदन नेपालको कम्युनिस्ट आन्दोलनकै गम्भीर त्रुटि (ब्लन्डर मिस्टेक) भएको टिप्पणी गरेका हुन् ।

देशको राष्ट्रियतामाथि खतराहरू बढिरहेका र साम्राज्यवादी , प्रभुत्ववादी शक्तिहरू अनेकन् प्रकारले घुसपैठ गरिरहेका भन्दै त्यो घुसपैठका विरुद्ध नेपाली जनतालाई देशभक्तिपूर्ण भावनाबाट हर बेलामा उठाउनुपर्ने खनालले बताए । उनले एमसीसी सम्झौतालाई अनुमोदन गर्ने काम नेपाल सरकारका तर्फबाट भएको बलण्डर मिस्टेक हो भने ।

उनले एमसीसी अनुमोदन नेपालको कम्युनिस्ट आन्दोलनकै बलण्डर भएको र एमसीसी अनुमोदन गर्ने नेताहरूले त्यसको फल प्राप्त गर्नुपर्ने पनि बताए । ‘जुन जुन नेताहरूले त्यो कामहरू गरे उनीहरुले फल प्राप्त गर्नुपर्ने स्थिति आउने खनालको भनाइ छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा २०७८ फागुन १५ गते एमसीसी संसद्‌बाट अनुमोदन भएको थियो । त्यसमा नेपालका प्रमुख कम्युनिस्ट पार्टीहरूले साथ दिएका थिए ।