ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

राष्ट्रिय कृषक दिवसः प्रोत्साहनको खाँचो

२७ जेष्ठ २०८१, आइतबार
२७ जेष्ठ २०८१, आइतबार

आज राष्ट्रिय कृषक दिवस । वि.सं. २०७० सालदेखि कृषक सेवा समितिले हरेक बर्ष जेठ २७ गते राष्ट्रिय कृषक दिवस मनाउँदै आएको छ । कृषक दिवस मनाउँदै गर्दा आज कृषकहरू अपहेलित भएर बाँच्न विवस छन । कृषकको उचित सम्मान छैन । कृषक भन्नासाथ पिछडिएको, गरिव र विपन्न भनेर बुझ्ने गरिएको छ । कृषकहरूका लागि प्रोत्साहनको नीति सरकारले ल्याउन सकेको छैन । अर्को बिडम्वना के छ भने नेपाललाई अहिलेपनि कृषि प्रधान देश भनेर विश्वमै चिन्ने गरिएको छ तर आज त्यही देशका कृषक अपहेलित, अभाव र पीडामा बाँच्नु परेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि अनेक नारा लिएर आउँछ तर त्यसले वास्तविक कृषकको माग सम्बोधन गर्नै सकेको छैन । कृषकलाई सम्मान गरौं नेपालको विकासमा सहयोग गरौँ भन्ने नारा यो बर्षको कृषक दिवसको छ । तर, दिवसको नारा एकातिर छ काम अर्कोतिर छ । कृषकलाई सम्मान गर्ने कुरा छँदैछैन । यद्यपि कृषि पेशाको प्रवद्र्धन गर्दै निर्वाहमुखी कृषिबाट आत्मनिर्भर बन्नेतर्फ अवको प्रयास जरुरी छ । आज हाम्रो देशबाट झन्डै ५०–६० लाखको हाराहारीमा युवाहरू विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । तिनैले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ । देशमा भएका कैयांै उद्योगधन्दाहरू बन्द अवस्थामा छन् भने कैयौं उद्योगधन्दा दिन–प्रतिदिन घाटामा चलिरहेका छन । यस्तो अवस्थामा हाम्रो देशका युवा जनशक्ति भने विदेशिन बाध्य भइरहेका छन् । युवालाई कृषिमा जोड्ने कुरा कहिँकतै सुनिएको छैन । सरकार कृषि क्षेत्रको विकासमा जति ध्यान दिनुपर्ने हो, दिन नसकेको अवस्थता छ । आफ्ना खेतबारी बाँझो राखेर विदेशीको भूमिममा जानुपर्ने बाध्यता युवाका लागि रहर होइन । आफ्नै खेतबारीमा मौसमी फलफूल, तरकारी, अन्नबाली, पशुपालन, जडीबुटी आदिको व्यवसाय गरेर पनि अब हामी सक्षम बन्न सक्ने भैसकेका छौं । तर, यसमा सरकारको प्रोत्साहनको आवश्यकता छ ।

नेपालका असंख्य कृषि उत्पादन नियार्त गर्ने संभावना छ तर ती संभावनाका बिषयमा सरकार कहिल्यै सकारात्मक भएन । न त त्यो सोच्ने फुर्सद सरकारलाई कहिल्यै भयो । आफ्नै मुलुकमा कुखुरा पालन, गाईभैंसीपालन, बंगुर पालनदेखि माछा पालन व्यवसायले अहिले ठूलो फड्को मारिसकेको छ । यसले व्यावसायिक रूप लिइसकेको छ । तर, युवाहरूलाई ब्यावसायीक कृषिमा जोड्ने कुरामा हामी चुकिरहेका छौं । व्यावसायिक खेती गरी मनग्गे मुनाफा कमाउन सकिने अवस्था आफ्नै देशमा भैसकेको छ । सानो खेतबारीमा पनि धेरै उब्जनी हुने बीउ बिजन र मलखादहरू अब हाम्रो देशमा पनि भित्रिइसकेको छ । यस अवस्थामा कृषि पेसामा हामीले फड्को मार्नुपर्ने भएको छ । कैयौं जग्गा बाँझो राखेर हामी किन विदेशीको भूमिमा पसिना बगाउन जाने ? युवावर्गले बेलैमा सोच्नुपर्ने भैसकेको छ । विदेशी भूमिमा सिकेको सीप र प्रविधि युवावर्गले स्वदेशमा भित्राउनुपर्छ । अनि आफ्नै देशमा श्रम र पसिना बगाई मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ । यसका लागि युवावर्गमा इच्छाशक्ति र तत्परता हुनु जरुरी छ । सरकारले त्यसमा प्रोत्साहनको नीति ल्याउनुपर्ने खाँचो छ । राष्ट्रिय कृषक दिवसको अवसरमा सरकारले कृषिको पुनरुत्थानको बिषयमा ध्यान दिने काम गरोस् । अवको दिनमा युवा वर्गलाई आफ्नै माटोमा उद्यमी र पौरखी बनाउन सरकारले ठोस योजना बनाउनुपर्छ । युवा वर्गलाई स्वदेशमै रोक्ने वातावरण तयार गर्न ढिला भैसकेको छ । राष्ट्रिय कृषक दिवसले सरकारलाई त्यो सदबुद्धि प्रदान गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?