Butwal Today

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

२७ जेष्ठ २०८१, आइतबार
अ+
अ-

दाङ, २७ जेठ ।

दाङको राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका –२ बराखुटी निवासी ४० वर्षीय सनबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

अर्घाखाँचीको शीतगंगा नगरपालिका – ८ को बडिदमार भन्ने स्थानमा राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर पुनको मृत्यु भएको हो । मृतक पुनको शव पोष्टमार्टमका लागि लमही अस्पताल राखिएको प्रहरीले जनाएको छ ।