Butwal Today

तेस्रो न्यू होराइजन एसईई फेस्ट शुरु

२७ जेष्ठ २०८१, आइतबार
अ+
अ-

बुटवल,२७ जेठ ।   न्यू होराइजन ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कूल बुटवलको आयोजनामा एसईई फेस्ट शुरु भएको छ ।
एस.ई.ई. दिई नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न ६ विधाका प्रतियोगिताहरु समावेश फेस्टको उद्घाटन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले गरेका छन् ।

सो अवसरमा बोल्दै उपाध्यायाले विद्यालयले निरन्तररुपमा विद्यार्थीहरुका प्रतिभालाई प्रस्फुटन तथा परिस्कृत गर्ने अवसरहरु प्रदान गर्दै आएको बताए ।
फेस्ट अन्तर्गत एकल तथा समुहगत कुल ६३ प्रतियोगीहरु सहभागी रहेको खुल्ला नृत्य प्रतियोगितामा किरण भण्डारी प्रथम, कृपा पौडेल द्वितिय र सुवेक्षा क्षेत्री, तनिशा राना, अस्मिता भुसाल र गिरिशा थापाको समूह तृतिय भए ।

उनीहरुले क्रमशः १० हजार, ५ हजार र २५ सय नगद, कप र प्रमाण पत्र प्राप्त गरेका छन् । यसै गरी ३८ प्रतियोगिहरु बीच भएको गायन प्रतिस्पर्धामा क्रिस वि.क. प्रथम, सोनिया बराल द्वितिय र आरभी आचार्य तृतिय भई ६ हजार, ४ हजार र २ हजार नगद प्राप्त गरेका छन् । कुल ३९ समुह सहभागी हाजिरीजवाफ प्रतियोगिताबाट ६ समूह असार २ गते हुने अन्तिम चरणमा प्रवेश गरेका छन् ।

फेस्ट अन्तर्गतका बाँकी प्रतिस्पर्धाहरु जेठ २८ देखि ३० गते सम्म ३२ टिमका विच फुटसल तथा जेठ २९ देखि ३२ गतेसम्म २९ टिमका विच टि टेन क्रिकेट प्रतियोगिता हुने फेस्टका संयोजक एवं प्लस टु व्यवस्थापन संयोजक प्रकाश खनालले जानकारी गराएका छन् ।

क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धीहरुको हौसला बढाउन पुर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनको उपस्थिति रहने छ ।

जसमा विजेताले नगद रु. २० हजार र उप विजेताले रु. १० हजार नगद पुस्कार प्राप्त गर्नेछन् । प्रतिस्पर्धामा भाग लिन दर्ता निःशुल्क रहेको संस्थाका लेखा अधिकृत लिला खनालले जानकारी गराए । असार १ र २ गते रोबोटिक्स वर्कसप र प्रदर्शन सहित समापन हुने उनले कक्षा १० का संयोजक प्रकाश गौतमले बताए ।