Butwal Today

सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ४५ हजार

२५ जेष्ठ २०८१, शुक्रबार
अ+
अ-

काठमाण्डौ –

सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । हिजो एक लाख ४४ हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो ।

आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाकाे एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।