ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

राजन र सिन्दिरा बने नेपाल च्याम्पियन

२५ जेष्ठ २०८१, शुक्रबार
२५ जेष्ठ २०८१, शुक्रबार

बुटवल, २४ जेठ। २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापाली खेलाडी राजन सुवेदी च्याम्पियन बनेका छन् । ११औं चरणमा प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंक सहित सुवेदी विजेता बनेका हुन् । सुवेदीले १९ सय २३ रेटेड प्रेमकृष्ण विरुद्ध एक अंक हात पारी सात जित, दुई बराबरी र दुई हारको नतिजा आत्मसाथ गरेका हुन् । ३५ वर्षीय सुवेदीले नयाँ विजेता बनेसँगै सेप्टेम्बर ९ देखि २३ सम्म हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाडको लागि नेपाली टिमबाट स्थान सुरक्षित गरेका छन् ।

त्यसैगरि झापा कै सुरुत दाहालले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई पराजित गर्दै ७।५ अंक बनाएर दोश्रो स्थानमा रहन सफल बनेका छन् । टाइब्रेकरका आधारमा समान ७।५ अंक प्राप्त गरे पनि क्षितिज भण्डारी तेस्रो स्थानमा रहेर राष्ट्रिय प्रतियोगिताको यात्रा टुङ्ग्याएका छन् ।
९ औं महिला राष्ट्रिय बुद्धिचाल तर्फ ९ अंक सहित दोस्रो पटक सिन्दिरा जोशी नेपाल च्याम्पियन हुन सफल भइन् । अन्तिम खेलमा कृतिसारा अधिकारीसंग सिन्दिरा पराजित भईन। सिन्दिराले ११ औं चरणको खेल मध्ये आठ खेलमा सफलता हात पार्न सफल भईन भने दुई खेलमा हार ब्यहोरेकी थिईन ।

यसैगरी झापाका कृतिसारा अधिकारीले ८/५ अंक जोड्दै उप विजेता बन्न सफल भईन् । उनले अन्तिम खेल आफ्नो पोल्टोमा पार्दै ओलम्पियाडको टिकट दाबि गरेकी छिन् । प्रतिस्पर्धामा उत्कृष्ट खेल पस्केकी कास्कीका पूजा भण्डारी ८ अंक प्राप्त गर्दै तेस्रो भइन । उनीसंगै ८ अंक हात पार्दै शान्ति धिमाल चौथो स्थानमा उभिन सफल भईन् । चार महिला खेलाडी ओलम्पियाडको लागि छनौट हुन सफल भएका छन् ।

नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार हंगेरीको बुढापेष्टमा पुरुष तर्फ विवेक थिङ, रुपेश जैसवाल, राजन सुवेदी, सुरुत दाहाल र क्षितिज भण्डारी छनौट भएका छन् । महिला तर्फ सुजना लोहनी, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी र शान्ति धिमाल छनौट भएका हुन् ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पाले बिजेताहरुलाई पुरस्कार वितरण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?