Butwal Today

मधेसका मुख्यमन्त्री सिंहले लिए शपथ, १४ सदस्यीय बन्यो मन्त्रीमण्डल

२५ जेष्ठ २०८१, शुक्रबार
अ+
अ-

बुटवल ।

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शपथ लिएका थिए। शुक्रबार संविधानको धारा १६८ को २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ खुवाएकी हुन्।

साथै, उनले १४ सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेको प्रदेशसभा सांसद शारदा थापाले जानकारी दिइन्। जसमा ११ मन्त्री र ३ राज्यमन्त्री रहेका छन्।

मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखसमक्ष शपथ लिएपछि अन्य मन्त्रीहरूलाई शपथ खुवाएका हुन्। शारदा शिक्षा राज्यमन्त्री नियुक्त भएकी छिन्।  ६ दलका ५५ सांसदको समर्थनमा सिंह आजै मुख्यमन्त्री नियुक्त भएका हुन्।