ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

गर्मीमा नवलपरासीको हालः पाँच दिनसम्म भएन विद्युत मर्मत

२३ जेष्ठ २०८१, बुधबार
२३ जेष्ठ २०८१, बुधबार

सुनवल, २३ जेठ । पश्चिम नवलपरासीमा गत बिहीवार आएको हावाहुरीका कारण अवरुद्ध विद्युत सेवा अझै पनि पूर्ण रूपमा सुचारु हुन सकेको छैन् । सरावल र बर्दघाटका विभिन्न स्थानमा विद्युत सेवा अझै सुचारु हुन नसक्दा जनजीवन कष्टकर भएको छ ।
गर्मीको समयमा ५ दिनसम्म विद्युत अवरुद्ध हुँदा स्थानीयले सास्ती व्यहोर्न बाध्य भएका छन् । धेरै स्थानमा पोल ढलेका कारण अझै पनि पोल गाड्ने र तार तान्ने काम भईरहेपनि पुरा हुन नसकेको विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त कुमार झाले बताए । बुधवार सम्ममा सबै स्थानमा विद्युत प्रवाह हुने उनको भनाइ छ ।

तर लामो समयसम्म विद्युत अवरुद्ध हुने पनि र प्राधिकरणले छिटो विद्युत सुचारु गर्न तदारुकता नदेखाएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सरावल २ का मधु तिमिल्सेनाले विद्युतका कर्मचारीले हदै सम्मको लापरवाही गरेको गुनासो गरे । कहिले एउटा कहिले दुई ओटा पोल गाडेर जाने, समयमै काम सक्न कुनै चासो नदिएका कारण ६ दिन देखि अन्धकारमा बस्नुपरेको तिमिल्सेनाको भनाई छ ।

यो गर्मीमा बालबालिका, वृद्धवृद्धा सबैलाई कति कठिन भयो होला, उनले भने तर दुई दिन भित्रै लाईन सुचारु गर्न सकिने भएपनि प्राधिकरणको लापरवाहीले गर्दा काम पुरा नभएको उनको दाबी छ । बर्दघाटका केही स्थानमा पनि विद्युत डिम आएका कारण समस्या भएको स्थानीयले बताएका छन् । बर्दघाट वितरण केन्द्रले फेरि पनि आएको हावाहुरीका कारण समयमै काम पुरा गर्न नसकिएको बताएको छ ।

यस्तै विद्युत प्राधिकरण परासी वितरण केन्द्रले भने सबै स्थानमा विद्युत प्रवाह भईसकेको जनाएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा ढलेका पोल गाडेर विद्युत सेवा सुचारु गरिएको परासी वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिए । बिहीवारको तीव्र गतिको हावाहुरीका कारण रामग्राम, सुनवल, सरावल, बर्दघाट, प्रतापपुर लगायतका स्थानमा १ सय २६ ओटा पोल ढलेका थिए भने विभिन्न स्थानका ट्रान्सर्फमरमा पनि क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?