Butwal Today

ईभी गाडीमा बढाएको कर फिर्ता राजेन्द्र लिङदेनको माग

२२ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं,२२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१–०८२ को बजेटमाथि छलफल गर्दै अध्यक्ष लिङ्देनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन आग्रह गरेका हुन् । उनले विद्युत् खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतीय सवारीमा कर लगाइनु उचित नभएको बताए ।

अध्यक्ष लिङ्देनले कसैको कुरा सुनेर केवल राजस्व वृद्धि गर्न भनी विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको बताए । उनले सधैँभरि अनुमान, अनुदान र ऋणमा आधारित भएर बजेट ल्याइने गरेको भन्दै यो प्रक्रिया असफल भएको बताए । उनले पुँजीगत खर्च र चालु खर्चको दूरी बढेको भन्दै त्यसलाई साँघुराउने कुनै प्रयत्न नभएको पनि बताए ।