ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
पाल्पाको शित भण्डार

१२ वर्षमा ३० प्रतिशत काम

२१ जेष्ठ २०८१, सोमबार
२१ जेष्ठ २०८१, सोमबार

पाल्पा, २१ जेठ ।

जिल्लामै सबै भन्दा पहिला निर्माण कार्य सुरु गरेको शित भण्डारको १२ वर्षको अवधिमा पहिलो तला ढलान गरिएको छ । तानसेन नगर सरकारको व्यवस्थापन तथा रेखदेखमा र भारतीय दुतावासको आर्थिक सहयोगमा २४ महिना भित्र सम्पन्न गर्ने गरी २०६९ सालको फागुन २३ गते ४ करोड ९९ लाख १९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

तानसेन नगरको प्रभाव क्षेत्रको बाघखोरमा जिल्लाकै सबैभन्दा ठूलो शित भण्डार निर्माण कार्य आरभ्भ भएको थियो । सिद्धार्थ राजमार्गको बुटबल–तानसेन सडक खण्डबाट झण्डै २ किलोमिटर निर्माणाधीन शित भण्डारको निर्माण कार्यको पुरा भइ सम्पन्न भएको भए यतिखेर मर्मत सम्भारको पर्खाइमा हुन्थ्यो । तर १२ वर्षमा पनि निर्माण कार्य पुरा हुन नसक्नु अत्यन्तै लज्जाबोध भएको स्थानीयहरु बताउँछन् ।

नाप नक्शा तथा डिजाइनको समयमा भएको कमी कमजोरीका कारण निर्माण कार्य ढिलाई भयो । पछिल्ला वर्षमा भारतीय सरकारबाट आउने रकम आउन नसक्दा निर्माण कार्यमा ढिलाई भएको हो । तानसेन नगर सरकारले भने निर्माण कम्पनीले ढिलासुस्ती गरेको भन्दै निर्माण कम्पनीप्रति दोषारोपण गरेको छ । मौसमी तथा बेमौसमी तरकारी फलफुललाई भण्डारण गरी बेमौसमी समयमा बढी मूल्यमा बिक्री गरी कृषकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले पाल्पा उद्योग वाणिज्य संघको पहलमा शित भण्डारको निर्माण कार्य थालनी भएको हो ।

निर्माण कार्य सम्झौता गरेको जय रक्तकाली गोरख निर्माण कम्पनीलाई नगरपालिकाले रनिङ बिलको आधारमा भुक्तानी गर्ने हो । राजमार्ग देखि निर्माण स्थल सम्म निर्माणका सामग्री ढुवानीका लागि सडक निर्माण गर्नु प¥यो । त्यस वापतको रकम भुक्तानी गर्ने भनियो तर भएन । यसैगरी भारतीय सरकारले दुताबासबाट उपलब्ध गराउने रकम निकासा दिन नसक्दा निर्माण कार्य ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कम्पनीले काममा ढिलाई गरेकै हो । कामले गति लिएको बेलामा महाविनासकारी भुकम्पले निर्माणजन्य सामग्री, कामदारको समस्या देखाउँदै कामलाई कछुवाको गतिमा अगाडि बढाएको थियो । भारतीय सरकारको लगानी भएको यस परियोजनाका लागि ५५ लाख ४७ हजार ४ सय ६९ रुपैयाँ तानसेन नगर सरकारले लगानी गर्ने गरी सम्झौता भएको थियो ।

स्थानीय तहमा जनप्रतिनिधिविहीन अवस्थामा नगर सरकारले रकम निकासा तर्फ पहल नगरेको नगर सरकारका मुख्य प्राविधिक राम प्रसाद श्रेष्ठ बताउँछन् । गत वर्ष भारतीय राजदुतावासका द्वितीय सचिव पाल्पा आएको वखतमा स्थलगत अनुगमन गराए पछि सचिवको प्रतिवद्धता अनुरुप रकम निकासा गरिदिने प्रतिवद्धता जनाएपछि निर्माण कम्पनीेले काम अगाडि बढाएको हो । निर्माण कम्पनीले काम गरेको नापजाँच गरेर त्यस वापतको हाल सम्म २ करोड १६ लाख रुपैयाँ भुक्तानी लगेको छ ।

निर्माण कम्पनीका प्रमुख रामचन्द्र भटराई भन्छन्, “काम गरेन भने निर्माण कम्पनीलाई दोष लगाइन्छ । तर निर्माण कम्पनीले किन काम गरेन, समस्या के भयो जस्ता कुराहरु खोजिदैन काम गरे अनुरुपको रकम भुक्तानी पाए काम सकिने हो तर समस्या भुक्तानीको हो ।”

झण्डै तीन सय मेट्रिक टन क्षमता भएको यो शित भण्डार निर्माण हुने भयो भन्ने सुन्दा यहाँका किसानहरुमा उत्साह छाएको थियो तर हरायो । अहिले कछुवाको गतिमा काम भएको छ । लामो समय सम्म बेबारिसे अवस्थामा थियो । रकमको समस्याका कारण निर्माण समितिले काम रोक्नु पर्ने समय आउनु दु.खको कुरा हो । पछिल्लो समयमा निर्माण समितिले नै काममा ढिलाई गरेको स्थानीय सरकारका प्रतिनिधि प्रदिप खनाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?