ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

रण अम्बिका आँखा अस्पतालको ठेक्कामा ‘सेटिङ’,४ करोड चप्काउन खोजेपछि अख्तियारमा उजुरी

२१ जेष्ठ २०८१, सोमबार
२१ जेष्ठ २०८१, सोमबार

बुटवल, २१ जेठ ।   भैरहवाको रण अम्बिका आंखा अस्पतालको भवन निर्माणको ठेक्कामा सेटिङ भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अस्पतालको भवन निर्माणका लागि १७ वटा कम्पनी प्रतिस्पर्धामा गएका थिए । तर आफू अनुकुलका कम्पनीलाई ठेक्का पार्न विना आधार र कारण १४ वटा कम्पनीका प्राविधिक प्रस्ताव अस्वीकृत गरी तीनवटालाई मात्र छनोट गरिएपछि ४ करोड बढी रकम चप्काउने चलखेल भएको व्यवसायीको आरोप छ । उक्त ठेक्काका लागि एन बी कन्स्ट्रक्सन कम्पनीले १७ करोड ,बाबुल कन्स्ट्रक्सन कम्पनीले १७ करोड ५० लाख रकममा भवन निर्माण गर्न प्रस्ताव हालेपनि ५ करोड बढी रकमको टेण्डर स्वीकृत गरिनुले ठूलो आर्थिक घोटालाको प्रष्ट संकेत मिलेको व्यवसायी नारायण भुसालले बताए । लुम्बिनी निर्माण व्यवसायी संघ रूपन्देहीले पत्रकार सम्मेलनमा गरी आफू अनुकुलको निर्माण कम्पनीलाई ठेक्का दिलाएको र प्रतिष्पर्धामा गएका कम्पनीहरू योग्य हुँदाहुँदै प्राविधिक प्रस्ताव स्वीकार गरेको संघकी अध्यक्ष मञ्जु भुसालले बताइन् । पुनः टेण्डर गर्न माग गर्दै उनले माग सम्बोधन नभए आन्दोलनमा जाने बताइन् । प्राविधिक प्रस्ताव छनौट पुन मुल्याङ्कन गर्न व्यवसायीको माग रहेको व्यवसायी जविन कक्षपतिले बताए ।
दर्ता भएकामध्ये कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत गरिनुको उचित र जायज कारण दिन नसक्नुले मिलेमतो भएको प्रदेश उपाध्यक्ष नवराज श्रेष्ठले बताए । उक्त ठेक्काका लागि कविन्द्र निर्माण सेवा काठमाण्डौ, एपिएम कन्सट्रक्सन एण्ड विल्डस प्रा.लि काठमाण्डौ र नव सिर्जनशिल कन्सट्रक्सन कम्पनी प्रा.लि काठमाण्डौको प्राविधिक प्रस्ताव स्वीकृत गरी बोलपत्रदाताहरुको नाम छनोट गरिएको र नव सिर्जनशिल कन्सट्रक्सन कम्पनीलाई २२ करोड २९,१०,०९७.९१(मु.अ.कर समेत) रुपैयामा बोलपत्र स्वीकृत गरीएको छ । प्रस्पिर्धामा गएका कम्पनीहरुको प्राविधिक प्रस्ताव अस्वीकार गर्नुको कारण खुलाई सो को सत्यतथ्य आधार बाहिर ल्याउन र पुनः मूल्याङ्कन गराई स्वच्छ प्रतिस्पर्धामा भाग लिने वातावरण बनाउन निर्माण व्यवसायीको माग छ । व्यवसायीहरुले विभिन्न सरकारी निकायहरुबाट समयमै भुक्तानी नपाएको , साईट क्लीयर नभई ठेक्का निकाल्दा निर्माण कार्य समयमै सम्पन्न गर्न नसकिएको र बजेटको सुनिस्चीतता नहुदै ठेक्का निकाल्ने परीपाटीले निर्माण कार्यहरु अलपत्र परेको तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?