ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

शिक्षाको गुणस्तर सुधारमा कसको भूमिका कति ?

२१ जेष्ठ २०८१, सोमबार
२१ जेष्ठ २०८१, सोमबार

आजभोलि धेरैजसो अभिभावकहरू एक आपसमा बिभिन्न गुनासाहरू गर्ने गर्दछन् । हाम्रा बालबालिकाहरूलाई मास्टरले पढाउदैनन् भन्ने बिषयको सवाल अलि व्यापक छ । मास्टर भनेर बारम्बार प्रहार गरिने शब्द बोलिचालीमा त्यति राम्रो सुनिदैन् । शिक्षाको उज्यालो घामबाट बञ्चित नगराई सबै बालबालिकाहरूलाई शिक्षाको राष्ट्रिय मूलधारमा समाबेश गराई शिक्षा प्रदान गर्ने तिनै गुरु अर्थात शिक्षकमाथि गरिएको यस्तो प्रकारको अपाच्य शब्दको प्रहार र व्यबहार पक्कै पनि राम्रो होइन् । किन बिग्रिदै छन् शिक्षालय ? शिक्षक, अभिभावक र बिद्यार्थीको सम्बन्धमा किन ठूला–ठूला दरार आउदै छन् ? तपाई हामीले गम्भीर भएर सोच्ने र चिन्तन गर्ने बेला भएको छ । शिक्षालाई सामान्य भाषामा ज्ञान प्राप्त गर्नु, सिक्न वा बुझाउनु भन्ने हुन्छ । शिक्षा संस्कृत भाषाको शिक्ष् धातुवाट उद्धृत गरिएको हो । जसको अर्थ सिक्नु वा सिकाउनु भन्ने हुन्छ । शिक्षालाई बिभिन्न दृष्टिकोणबाट हेरेतापनि यसलाई आदान प्रदान गर्ने प्रकृया प्राचीन कालदेखि चल्दै आएको छ । बिद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो भन्नुलाई शिक्षाको संकुचित अर्थको रूपमा लिइन्छ । यदि मानिस जन्मिएदेखि मुत्युपर्यन्त प्राप्त गरिने सम्पुर्ण अनुभवलाई शिक्षा भनिन्छ भने त्यसलाई शिक्षाको ब्यापक अर्थको रूपमा बुझन सकिन्छ ।

शिक्षाको महत्व भनेको कुनै बिषयमा सिकेर पोख्त हुने इच्छा वा चाहनाको महत्व हो । शिक्षा मानव जातिको तेस्रो उज्यालो आँखा भएकोले पनि आजको युगसम्म आइपुग्दा यसको दिनानु महत्व बढ्दै जानु स्वभाविक प्रकृया हो । मानिसले बाल्यकालमा अरूले बोलेका वा काम गरेका अनुभवबाट शिक्षा आर्जन गर्दछ । उसले स्कुल र क्याम्पसको कक्षाहरूमा औपचारिक शिक्षा पाउँछ । त्यसपछि पनि उसको शिक्षा आर्जन गर्ने कार्य चाहिँ पूरा भइसकेको हुँदैन् । अर्कोतर्फ प्रकृति जगत् नै मानिसको सबैभन्दा ठूलो शिक्षालय वा पाठशाला हो । त्यसैले धेरै कुराको ज्ञान र शिक्षा प्रकृतिबाट पनि प्राप्त गर्दछ । शिक्षाको मूलभूत लक्ष्य, ज्ञान तथा सत्य प्राप्ति मात्र नभई त्यसका माध्यमवाट जिविकोपार्जन तथा पुस्तान्तरणलाई सहज वनाउनु पनि हो । शिक्षालाई औपचारिक, अनौपचारिक जे भने पनि यी सबै शिक्षा सिकाउने विधिको लागि प्रयोग गरिने पदावली हुन् । हिजोआज बिद्यालय तहमा गुणस्तरीय शिक्षाको बिषयमा बहस र छलफल धेरै गरेको पाइन्छ । हाम्रा धेरै अभिभावकले गुणस्तरीय शिक्षा भनेको हाम्रा छोरा छोरी पढाइमा मात्र अब्बल हुनुपर्छ भन्ने धारण राख्छन् । बास्तवमा गुणस्तरीय शिक्षा भनेको व्यक्तिको रुचि, क्षमता र चाहनालाई बुझ्ने, जीविकोपार्जनमा प्रमुख भूमिका खेल्ने, प्रमाणपत्र पनि भएको र आफ्नो पहिचानप्रति सचेत बनाउने खालको हुनुपर्छ । गुणस्तरीय शिक्षाको नाममा धेरै अभिभावकहरूले शैक्षिकसत्रको सुरुमा कुन बिद्यालय राम्रो छ ? कुन बिद्यालयमा राम्रा शिक्षकहरू छन् र कुन बिद्यालयले बार्षिक परीक्षाको नतिजा राम्रो निकाल्छ भनेर बिद्यालय छान्नु वा रोज्न पाउनु उनिहरूको चाहानाको बिषय हो ।
पछिल्लोसमय बिद्यालय तहमा शिक्षाको गुणस्तरमा निकै खडेरी परेको छ । सरकारी बिद्यालयको शैक्षिक गुणस्तर त चोपटै भएको भाष्य जबर्जस्ती स्थापित गरिएको छ भने सबै संस्थागत बिद्यालयको नतिजा पनि राम्रो छैन् । यो हरेक बर्ष प्रकाशित हुने बार्षिक परीक्षाको नतिजाले तिनीहरूको गुणस्तरमाथि प्रश्न गर्ने गर्छ । फेरि शिक्षाको गुणस्तर अहिले मात्रै बिग्रिएको पनि हैन् । शिक्षाको सवालमा हामी परापूर्वकालदेखि नै कमजोर थियौं । अहिले अलि धेरै चिन्ता र चिन्तनको बिषय मात्रै बनेको हो । तथ्य र तथ्याङ्कले बताउँछ, नेपालमा शिक्षाको गुणस्तर कहिल्यै राम्रो थिएन् । नेपालमा १०४ बर्षे राणाशासनलाई त्यसै अध्यारो युग भनेको होइन् । अहिलेपनि मानिसहरू राणालाई गाली गर्छन् । तर, त्यस अघिपनि उज्यालो रहेको कुनै प्रमाण छैन् । “बिद्या नपाए काशी जानु” भन्ने उखानले नै बताउँछ, इतिहासको कुनैपनि कालखण्डमा नेपालमा शिक्षाको राम्रो व्यबस्था थिएन । नेपालमा २००७ सालमा प्रजातन्त्र आएपछि साक्षरता दर जम्मा दुई प्रतिशत मात्र थियो ।

नेपाली राज्यसत्ताको जग हिन्दु वर्ण व्यवस्थामा आधारित थियो । त्यति बेला नै अन्य जाति भन्दा बाहुनलाई सामाजिक मर्यादाको सोपानमा सबैभन्दा माथि राख्ने प्रचलन थियो । बाहुन कुलमा जन्मेका त्यो पनि हुने खाने बाहुनका सन्तानहरू काशी गएर कर्मकाण्ड गर्न सक्ने संस्कृत शिक्षा लिएर नेपाल फर्कने गर्दथे । अन्य समुदायको लागि औपचारिक शिक्षाको कुनै व्यवस्था नै थिएन् । सन् १८५० मा जंगबहादुर राणाले बेलायतको भ्रमण पश्च्यात सुरु गरेको औपचारिक शिक्षाको जग सुरुमा केवल आफ्ना भाई भारदारका छोराछोरीलाई मात्र शिक्षा दिन प्रयोग गरे । पछि राणा प्रधानमन्त्री देव शमशेरले आफ्नो ११४ दिनको कार्यकालमा लगभग २०० बिद्यालयहरू स्थापना गरि सम्पूर्ण नेपालीलाई शिक्षा क्षेत्र खुल्ला गरे तर छोटो समयमा नै पदबाट हटे लगत्तै ती सम्पूर्ण बिद्यालयहरू फेरि बन्द भएका थिए ।

नेपालमा त्रिभुवन विश्वविद्यालय खोल्नुभन्दा दुई हजार वर्ष अगाडि नै संसारमा विश्वविद्यालयहरू खुलेको इतिहास पाइन्छ । तर, शासकमा आफ्नै सन्तानलाई भए पनि कम्तीमा औपचारिक शिक्षा दिनुपर्ने रहेछ भन्ने चेतनाको बिकास समेत गरेनन् । बरु जंग बहादुरले नेपालमा बिद्यालय खोल्नुपर्छ भन्ने मान्यता अघि सारे । फलस्वरूप नेपालको पहिलो स्कुलको रूपमा दरबार हाइस्कुललाई लिन सकिन्छ । जस्को स्थापना बि.स. १९१० मा भएको थियो । जब देशमा सुरुमा बिद्यालय खुल्यो, ठूला बढा र शासकका छोरा छोरीले पढ्न थाले । जब बिद्यालय सर्वसाधारणका लागि समेत व्यापक बन्दै गयो नि तब ठूला बडाहरू जस्तै तत्कालिन दरबारिया, नेता, मन्त्री, धनी पुँजीपति, नीति निर्माता शासकका छोरा छोरीहरू लर्को लागेर पढाईको लागि विदेश जान थाले । पञ्चायत, बहुदल र गणतन्त्र नेपालसम्म आइपुग्दा सोर्स, फोर्स र छात्रवृत्तिमा पढ्न जानेको संख्यामा कमी थिएन् । देशको विश्वविद्यालयलाई बेवास्ता गरियो । माटो र हावापानी सुहाउँदो शिक्षा राज्यले प्रदान गर्न नसक्दा अहिले नेपालको शिक्षा क्षेत्र निकै तहस नहस भएको छ । गुणस्तरीय शिक्षाको त कुरै छोडौ । यहि परिस्थिति रहने हो भने अब नेपालका विश्वबिद्यालयहरू सुनसान रहनेछन् । ब्याचलर र माष्टर डिग्री पढ्ने बहानामा जनशक्ति ओइरो लागेर बिदेश तिर पलाएन भएका छन् । यो देशको लागि शुभ समाचार पक्कै पनि होइन् । म पनि शिक्षण पेशामा लागेर काम गरेको झण्डै १४ बर्ष भईसकेको छ । मैले अध्यापन गराउने शैक्षिक संस्था लोकचेतना एकेडेमीको माध्यमिक तहमा कार्यरत भई सामाजिक बिषय हालसम्म अध्यापन गराउदै आएको छु । बि.स. २०७४ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालय प्यूठानले जिल्लाको उत्कृष्ट शिक्षकको रूपमा मलाई सम्मान गरेको थियो । मैले अध्यापन गराउदै आएको बिद्यालय नगर तथा जिल्लामा पनि नाम चलेको संस्थागत बिद्यालय हो । मलाई लाग्छ, सबै शिक्षकहरू खत्तम छन्, सबै बिद्यालय बेकारका छन् भनेर त्यसै आरोप लगाउन पनि मिल्दैन् । केही सामुदायिक र संस्थागत बिद्यालयहरूले शिक्षा क्षेत्रमा कायापलट गरेका छन् । देशको इज्जत र प्रतिष्ठा राख्ने काम पनि गरेका छन् । सकारात्मक पाटोलाई राम्रो दृष्टिकोणले पनि हेर्नुपर्छ ।

प्रायः गरेर आजकल अभिभावकहरूले आफ्ना बालबच्चाहरूका गुनासाहरू फोनमार्फत, म्यासेज गरेर अनि स्वयम् अभिभावक नै बिद्यालयमा उपस्थिति भई गुनासो गर्ने प्रचलन छ । गुनासाहरू पनि एउटै हुदैनन्, बिभिन्न प्रकारका हुन्छन् । होमवर्क गर्दैन्, पढ्दैन्, भनेको मान्दैन्, मोबाइलको लत, बढी खर्चालु, एक्लै बस्ने मन गर्छ, बढी रिसाउन गर्छ, पढाईमा कमजोर, गाँजा र चुरोट खानेको संगत गर्छ यस्तै यस्तै बिषयहरू हुन् । कतिपय अभिभावकले फोनमा भन्नुहुन्छ,–“मैले मेरो एउटा मात्र छोरो भएकोले नर्सरी देखि कक्षा १० सम्म बोर्डिङ्मा पढाएँ । पैसा के कति लाग्यो त्यसको पुरै हिसाव किताब गरेको छैन् । त्यसपछि छोरोले कक्षा बाहृ, ब्याचलर र माष्टर डिग्री पनि नेपालबाटै फष्ट डिभिजनमा ग¥यो । अब छोराले नेपालमै बसेर केहि गर्छ भनेर खुशी भएको अवस्थामा नेपालमा भबिष्य नै छैन् । करियर बनाउनको लागि अमेरिका वा युरोप जानुपर्छ बाबा भनेर एकल निर्णयमा पुग्दा मन निकै भारी भयो । म तिनै विश्वविद्यालयका पदाधिकारी, कलेजका प्रोफेसर, र शिक्षाको नीति निर्माण गर्नेलाई सोध्न चाहान्छु, हामीले बालबालिकाहरूलाई कस्तो शिक्षा दिइरहेका छौं ? बाह्र कक्षा उत्तीर्ण गरेपछि हरेक युवा बिद्यार्थी बिदेश जाने मोह किन गर्छन् ? के सरकारले यसको बारेमा खोज तथा अनुसन्धान गर्नु पर्दैन् ?

सरकारको गुणस्तरीय, बैज्ञानिक शिक्षा, व्यबहारिक शिक्षा, प्रयोगात्मक शिक्षा, सूचना र प्रविधिको शिक्षा कता हरायो ? एउटा दुईवटा भिडियो प्रोजेक्टरमा देखाएर सिकाएर हुन्छ र ? दुई चारवटा दुना टपरी खुट्न सिकाएर प्रयोगात्मक शिक्षा सिक्दै छन् भन्न पाइन्छ ?, फेसबुक अर्थात युटुबमा केही कुरा सिकाउँदैमा सूचना प्रबिधिको कक्षा सिक्दैछन् भन्न मिल्छ कि मिल्दैन् ? नेपालको भौगोलिक सिमानासँग जोडिएका देशहरूले चन्द्र यान र बिभिन्न रकेटहरूको प्रक्षेपण गरिसके । हाम्रो देशको अवस्था र व्यवस्था निकै कमजोर बन्दै गयो । यो शासकहरूले बिगारेको देश हो । शिक्षाको मात्रै कुरा नगरौं । सबै क्षेत्रमा ध्वस्त पारेर देशलाई बर्बाद पारिसकेका छन् । ब्यक्तिले सिकेका ज्ञान र सिपलाई श्रम, व्यवहार र उत्पादनसँग प्रभावकारी रूपमा जोडनुपर्ने चुनौती छ, अहिले । युवा जनशक्तिलाई बजारमा सहज रूपमा रोजगारी सुनिश्चित गर्न बजारको आवश्यकतासँग मेलखाने पाठ्यक्रम नहुनु, अहिलेको बेरोजगारीको प्रमुख समस्या हो । बर्तमान शिक्षा प्रणालीले उत्पादित जनशक्तिलाई श्रमबाट विमुख बनाएको छ । श्रमप्रति सम्मान होइन घृणा पैदा गरेको छ हाम्रो शिक्षा प्रणालीले । मलाई लाग्छ, हाम्रो नेपालको शिक्षा प्रणालीले मलाई सम्मान गर्नुपर्छ भनेर सिकाउन सकेन् । यो नै देशको लागि ठूलो दुर्भाग्य बन्यो । नेपालमा जल, जंगल, जमिन, उद्योगधन्दा, कलकारखानासँग जोडिएर गर्न सकिने कामका धेरै प्रचुर सम्भावना छन् तर शिक्षा प्रणालीले बिद्यार्थीहरूमा आशाको दियो जगाउन सकेन् । स्वदेशमा नै हाम्रो भविष्य छ भनेर देखाउन पनि सकेन । त्यसैले स्वदेशमा रोजगारीको अवसर नदेखेपछि अभिभावक र विद्यार्थीहरू पढाइमा लगानी गर्नुभन्दा विदेश गएर रोजगारी प्राप्त गर्ने सजिलो बाटो रोज्न बाध्य भएका छन् ।

सरकारी विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेको भनिएपनि परीक्षाफलले त्यो देखाउँदैन् । बालुवामा पानी खनाएझै भएको छ शिक्षामा सरकारको बजेट । गतसाल सरकारले आर्थिक वर्ष २०८०/८१ मा शिक्षा क्षेत्रको बजेट वृद्धि गरेको थियो । कुल बजेटको ११.२६ प्रतिशत बजेट विनियोजन भएको थियो । आगामी आर्थिक वर्ष २०८१/८२ को लागि पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड २० लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा ६ अर्ब रूपैयाा बजेट बढेको छ । तर, कुल बजेटको तुलनामा भने प्रतिशतमा घटेको छ । शिक्षा मन्त्रालयमा विभिन्न नयाँ कार्यक्रम थपिएका छन् भने केही पुरानै कार्यक्रमलाई निरन्तरता पनि दिएको छ । “समृद्धिको आधारः शिक्षामा गुणात्मक सुधार” नारासहित शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम अघि सारिएको छ । यो आर्थिक वर्षको बजेटमा भनेझै छात्रवृत्तिको लागि ६० करोड बजेट विनियोजन गरेतापनि कागलाई बेल पाक्यो हर्ष न बिष्मात भनेझै हुन्छ । अति विपन्न तथा जेहेन्दार बिद्यार्थीले त्यो छात्रवृत्तिको रकम देख्न पाउदैनन् । ठुला बढा नेता तथा कर्मचारीका छोरा छोरीको लागि नै त्यो पैसा खर्च गरेको देखिन्छ । जीवनोपयोगी र गुणस्तरीय शिक्षाका माध्यमबाट मर्यादित र नैतिकवान समाजको विकास गरिनेछ भनेर शिक्षाको बजेट भाषणमा धाक लगाएजस्तो सहज छैन् । एकपटक सबै बौद्धिक सर्कल मिलेर शिक्षा क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन जरुरी छ । शिक्षकले बिद्यार्थीहरू नै खराब छन् भनेर दोष लगाउने, बिद्यार्थीहरूले शिक्षकहरू नै राम्रो पढाउँदैनन भनेर टिका टिप्पणी गर्ने र अभिभावहरू आफ्ना बालबालिकाहरू बारे बेखबर हुने हो भने शिक्षाको गुणस्तर कहिल्यै राम्रो हुदैन् । शिक्षाको गुणस्तर राम्रो बनाउनको लागि शिक्षक, अभिभावक, बिद्यार्थी, समाज, बिद्यालयको सदैव अहम् भूमिका हुन जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?