Butwal Today

राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती : नेकपा एस

२० जेष्ठ २०८१, आइतबार
अ+
अ-

काठमाडौं,२० जेठ ।   सत्तारूढ दल नेकपा एकीकृत समाजवादीले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएका छन्।

आइतबार काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको हो।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिव घनश्याम भुषालले पुनरुत्थानवादी शक्तिहरूले सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गरिरहेको बताए।

उनले राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको बताए। उनले रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने आवश्यकता रहेको बताए।

महासचिव भुषालले वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा बुद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको र उनीहरू सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्नमा रहेको आरोप लगाए । राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको र मुलुकको यस्तो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्दै मुख्यतः रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने उनको भनाई छ ।

उनले एकीकृत समाजवादीको महाधिवेशनको सफलताका लागि मुलुकभरिका श्रमजीवी, किसान, उद्योगी तथा व्यवसायी, बुद्धिजीवी, पत्रकारलगायत सम्पूर्ण देशवासीबाट पार्टीले नैतिक तथा भौतिक सहयोग तथा समर्थनको अपेक्षा गरेको पनि बताए।

नेकपा एकीकृत समाजवादीले असार १६ गतेबाट २० गतेसम्म महाधिवेशन गर्दैछ ।