ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

रामग्राममा ९९ प्रतिशत अस्पतालमा सुत्केरी

नगरपालिकाले मातृ शिशु कार्यक्रमलाई प्रभावकारी बनाउन गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवासहित गर्भवती तथा सुत्केरीलाई पोषकतत्व वितरण, ग्रामिण भेगमा निःशुल्क भिडियो एक्सरे सेवा लगायतका कार्यक्रम गर्दै आएको नगर प्रमुख धनपत यादवले बताए ।
२० जेष्ठ २०८१, आइतबार
२० जेष्ठ २०८१, आइतबार

सुनवल, २० जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका देशकै चौथो पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्डका आधारमा रामग्रामलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो ।

मापदण्ड अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिला कम्तिमा ९० प्रतिशत, दक्ष प्रसुतिकर्मीद्वारा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गराएको, घरमा हुने प्रसूति शुन्य र मापदण्ड अनुसार तीनपटक सुत्केरी जाँच कम्तिमा ९० प्रतिशत गराएको सुनिश्चतता भएपछि जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समितिले घोषणाका लागि स्वीकृति दिने व्यवस्था रहेको छ ।

रामग्राममा चालु आर्थिक वर्षमा १ हजार २२ जना सुत्केरी मध्ये १२ जना महिला अस्पताल लैजाने क्रममा र बाँकि सबै अस्पतालमा सुत्केरी भएका थिए । नगरपालिकाले मातृ शिशु कार्यक्रमलाई प्रभावकारी बनाउन गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सहित गर्भवती तथा सुत्केरीलाई पोषकतत्व वितरण, ग्रामिण भेगमा निःशुल्क भिडियो एक्स–रे सेवा लगायतका कार्यक्रम गर्दे आएको नगर प्रमुख धनपत यादवले बताए । ग्रामिण भेगका महिलाहरू सदरमुकाम परासी सम्म भिडियो एक्स–रे का लागि आउन आनाकानी गर्ने र नियमित चेकजाँच पनि नगर्ने गरेकाले सदरमुकाम परासी बाट टाढा रहेका ८ ओटा स्वास्थ्य संस्थामा साप्ताहिक रूपमा भिडियो एक्स–रे सेवा प्रदान गरेको नगर प्रमुख यादवले जानकारी दिए । रामग्राम नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै विगतको तुलनामा शैक्षिक अवस्थामा समेत सुधार आएको बताए ।

प्रसूति सेवालाई प्रभावकारी बनाउन विभिन्न स्थानमा सुबिधा सम्पन्न प्रसूति सेवा केन्द्र स्थापना, सुरक्षित मातृत्व सेवालाई प्राथमिकतामा राखी गर्भ जाँच र उत्तर प्रसूति सेवालाई स्वास्थ्यकर्मीले घरदैलोमै गएर सुत्केरी तथा नवजात शिशुलाई मापदण्ड अनुसार स्वास्थ्य जाँच गरि खोप लगाउने काम समेत गर्दै आएको नगरपालिकाले जनाएको छ । गर्भवती महिलाको ८ पटक जाँच र सुत्केरीको समयमा स्वास्थ्य स्वयंसेविका मार्फत नियमित निगरानी गरी स्वास्थ्य संस्था पु¥याउने व्यवस्था पनि नगरपालिकाले गर्दै आएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक सुरज हरिजनले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य धु्रवबहादुर प्रधानले पछिल्लो समयम भित्रि मधेसमा पनि स्वास्थ्यको अवस्थामा उल्लेखनीय सुधार आएको उल्लेख गरे । उनले विकासका काममा जनप्रतिनिधिहरू एक ठाँउमा उभिनुपर्ने बताउँदै असन्तुष्टिका बीच पनि सन्तुष्ट हुन सिक्नुपर्नेमा जोड दिए । रामग्राम नगरपालिकाका वडा अध्यक्ष प्रति लक्षित गर्दै प्रधानले सामाजिक काममा गरिने राजनीतिले लज्जाबोध गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद गिरीले सात प्रदेश मध्ये लुम्बिनीमा सुत्केरी हुने क्रममा सबैभन्दा बढि आमाको ज्यान जाने गरेको भन्दै संस्थागत प्रसूति सेवा सुनिश्चित गर्नु महत्वपुर्ण कदम भएको उल्लेख गरे ।नगर प्रमुख यादवले प्रदेश र संघीय सरकारले स्थानीय सरकारको काममा बाधक नभई सहयोगी बन्नुपर्नेमा जोड दिए । उनले जनसंख्या भुगोलको आधारमा पालिकाहरूलाई बजेट विनियोजन गर्न पनि यादवले संघ र प्रदेश सरकारसंग माग गरे । नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दीगोपनाको पनि घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?