ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

बुटवलमा पुनः गुञ्जीदै काब्य

२० जेष्ठ २०८१, आइतबार
२० जेष्ठ २०८१, आइतबार

बुटवल, १९ जेठ । बुटवलमा हरेक शनिबारजसो साहित्यिक कार्यक्रम हुन्थे, जसमा पुराना स्थापित बरिष्ठ साहित्यकारसहित नवआगन्तुक सिकारु साहित्यकारहरूको समेत जमघट हुन्थ्यो । गजल सागर नेपालले पनि हरेक महिनाको दोस्रो शनिबार हुँदै संगम गर्दै आएको थियो । वि.सं. २०५९ सालदेखि सुरुवात भएको गजल सागर नेपाल नियमित रूपमा कार्यक्रम गर्दै आएको थियो । तर यो पनि कोरोना कालमा केही समय अनलाईनबाट समेत कार्यक्रम गरेपछि हराएको थियो ।

गजल सागर नेपालका सचिव कृष्ण गाउँलेका अनुसार यसलाई निरन्तरता दिने गरी अभियान सुरुवात भएको छ । बुटवल साहित्य संगमको नियमितताको विषयमा अझै ठोस निर्णय नभएपनि गजल सागर नेपालले भने आफ्नो नियमित कार्यक्रमलाई निरन्तरता दिनेगरी अगाडि बढाएको हो । गजल सागर नेपालका पूर्वअध्यक्षहरू रमेश हरिलठ्ठक, शेखर अस्तित्वले नियमित कार्यक्रम गर्दै आएका थिए ।

यसको साथै हालका अध्यक्ष मिन राना पनि कार्यक्रम निरन्तरता दिँदै गर्दा बैदेशिक रोजगारीको कारण गए । त्यसपश्चात केही अनलाइनमार्फत कार्यक्रम भएपनि निरन्तरता पाउन सकेको थिएन । जसलाई अब निरन्तरता दिने अभियान सुरुवात गरिएको गजल सागर नेपालका सचिव कृष्ण गाउँले बताउँछन् ।

बुटवल साहित्य संगम नाम दिइएर सुरुवात भएको यो श्रंखला नेपालमा कोभीड प्रकोप हुने भन्दा पहिला सम्म निरन्तर थियो । प्रत्येक महिनाको अन्तिम शनिवार बुटवलको कुनै स्थानमा जमघट हुने आ–आफ्नो साहित्यिक रचना सुनाउने, अग्रजबाट सल्लाह सुझाव लिने थलोको रूपमा विकास भएको ‘बुटवल साहित्य संगम’ अहिले नियमित कार्यक्रम हुन छाडेका छन् ।

कोभिड पश्चात ३११ औं श्रृंखला कवि चतुर्भुज आत्रेयको निवास बुटवल–११ स्थित योगिकुटीमा भएको पाईन्छ । त्यसपछि अभियानले निरन्ता पाउन सकेको छैन । पछि ३ सय १७ औ श्रृंखला सम्म भएपछि यत्तीकै रहेको बताईन्छ ।

गजल सागर नेपालले अब साहित्य पुनः जमघट गराउने गरी शनिबार बुटवलमा काव्य मञ्जरी गरिएको छ । बुटवल योगीकुटीमा आयोजना गरिएको काब्य मञ्जरीमा गजलकार शुशिल सापकोटाको मान्छे बन्नपर्ने थियो, मेसिन बनियो किस्ता किस्तामा….बाट सुरुवात भएको गजल उनले नै दोस्रो पटक अन्तिममा समापन गरेका थिए । गजलकार मिलन समिरले पनि आफ्नो जोशिलो गजलबाट सबैलाई मन्त्रमुग्ध पारे । हाल जापानमा रहेकी कवि जयन्ती मगर सरगमले विदेशदेखि स्वदेश सम्मको विषयलाई गजलको रूपमा प्रस्तुत गरेकी थिईन ।
जोशिला युवा कविको रूपमा पहिचान स्थापना गरेका कवि शंकर भण्डारीको दमदार कविताले सबैको मन छोयो । बीच बीचमा अतिथि र दर्शकले तालिको गडगडाहक तालिको बर्सा समेत गराएका थिए । माओ र लेनिनले गरेको युगान्तकारी परिवर्तन र अहिलेको अवस्थाको विषयमा व्यंगात्मक चोटिलो कविता मार्फत प्रहार गरेका थिए । कार्यक्रममा कवि शंकर भण्डारी, गजलकार शुसिल सापकोटा, कवि जयन्ती मगर सरगम, गजलकार मिलन समिर लगायतले आ–आफ्ना साहित्यिक रचना वाचन गरेका थिए ।

कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार प्राज्ञ रानाले पछिल्लो समयमा विश्वमा मानिसको कारण प्रकृतिले दुःख पाएको बताउँदै प्रकृति जोगाउनको लागि सबैले आ आफ्नो स्थानबाट साथ दिनुपर्ने बताएका थिए । उनले प्रकृति जोगाउने दायित्व सबैको रहेको भन्दै पछिल्लो समयमा मौसममा आएको परिवर्तनको कारण तापक्रम उच्च रहेको भन्दै सबैजनाले प्रकृति जोगाउनुतर्फ लाग्नुपर्ने बताएका थिए ।

साहित्य जमघटका कार्यक्रम पछिल्लो समयमा हराउँदै गएको भन्दै रानाले पछिल्लो समयमा साहित्यिक कार्यक्रम बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा विशेष अतिथिको रूपमा रहेका ४ जना साहित्यकारहरूले ६/६ वटा दरिला रचना वाचन गरेका थिए । बुटवलको योगीकुटीमा आयोजना गरिएको कार्यक्रममा रूपन्देहीसहित विभिन्न जिल्लाबाट साहित्यका पारखी मनहरूको सहभागीता रहेको थियो ।

गजल सागर नेपालका अध्यक्ष मिन राना हुन्, उनी बैदेशिक रोजगारीको शिलसिलामा रहेको बेला उनको अनुपस्थितिमा कोषाध्यक्ष, सहित महासचिव, सदस्यहरूको सक्रियतामा बुटवलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा गजल सागर नेपाल रूपन्देहीका कोषाध्यक्ष शुनिता चुँदाली कुँवर, सदस्य हरिप्रसाद पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?