ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

मरुभूमिले सिकाएको बाख्रापालन

सुख्खा मरुभूमि हरियो वनस्पति र चिसो भन्ने कहीँ कतै छैन । तर पनि उनले त्यहाँ व्यवसायिक बाख्रा फार्म देखे, भोगे । जुन अनुभवले नै भण्डारी दम्पत्ती व्यवसायिक बाख्रापालक बन्न सफल भएका छन् ।
१९ जेष्ठ २०८१, शनिबार
१९ जेष्ठ २०८१, शनिबार

पाल्पा, १९ जेठ । रामपुर नगरका नारायण प्रसाद भण्डारीलाई विगतको नमिठो यादले सताउँछ । सामान्य परिवारमा जन्मिएका नारायणको शिक्षा पनि सामान्य नै भयो । तर उनको व्यवहारिक शिक्षा अर्थात व्यवसाय भने उँचो छ । आफ्नै कमाईमा रमाइरहेका उनलाई आफन्त टोल छिमेकले मात्र नभई स्थानीय शैक्षिक व्यक्तित्वले समेत खुलेरै प्रशंशा गर्दछन । फस्टाउँदो बाख्रा फार्मले आम्दानी त दिएको छ नैं उनी समाजमा उदारहण दिने व्यक्ति समेत बनेका छन् ।

आर्थिक अभावका कारण विद्यालय शिक्षा पनि पुरा गर्न नपाएका कारण उनी काम र दामसँगै रमाउने भनेर भारतको गोवा पुग्दा भारतको अगाडि सानो कदको नेपाली केटा भनेर गाडीमा हेल्परको काम गर्न पो भन्यो । जसोतसो भारतमा ९ वर्ष बित्यो । त्यो समयमा उनले सानाठूला सवारीका साधनहरू हाँक्न सक्ने भए । त्यहाँ ठूलो बाख्रा फर्म रहेछ त्यहीँ फर्मका बाख्रा घाँस जस्ता दाना औषधी जस्ता ढुवानी गर्दा ९ वर्ष बित्यो । भारतबाट फर्किएपछि साउदी मुलुकमा जान मन लाग्यो । आफूसँग भएको सिप भनेको गाडी चलाउने हो । गाडी चलाउन भनेरै साउदी र कतारमा उनी पुगेको बताउँछन ।

साउदी अरबमा समेत उनलाई संयोग नै त्यस्तै भयो । सुख्खा मरुभूमि हरियो र चिसो भन्ने कहीँ कतै छैन । हरियो वनस्पती भन्ने त छँदैछैन । तर पनि व्यवसायिक बाख्रा फार्म संचालन हुँदो रहेछ । उनी कामको खोजीमा भौतारिँदा त्यस्तै बाख्रा फार्मको चालक भएछन सुख्खा र कहीँकतै हरियाली नै नभएको ठाउँमा बाहिरबाट आयातित घाँस बाख्रालाई खुवाउँदा आफूले आफ्नो जन्मभूमिलाई संझिएको बताउने उनी भन्छन यो दृश्यले नै व्यावसायीक बनायो । तिन वर्ष सम्म बाख्रा फार्ममा काम गर्दा बाख्राको खोर, दाना घाँसको व्यवस्थापन कसरी गर्ने भन्ने भन्ने विषयमा राम्रो अनुभव बटुल्दा तिन वर्ष बितेको पत्तै भएन ।

विदेशलाई माया मारेर घर फर्केका उनी बाख्रा पालन वा गाडी आफै किनेर चलाउने सोंच र उद्देश्य बोकेर फर्किएका भण्डारी भन्दछन्, बाख्राले भन्दा गाडीले मन जित्यो र २० लाख खर्चिएर तानसेन रामपुर सडक खण्डमा चल्ने जिप किनेर चलाएका नारायणलाई गाडी प्रति परिवारका सदस्यको खुसीका साथ मन्जुरी नै थिएन । आफूले ६ वर्ष सम्म जिप चलाउँदा परिवारका दिन काट्न र २, ४ पैसाका लागि कुटानी पिसानीको मिल राखिदिएका थिए । २ वर्ष अगाडि गाडी बिक्रीबाट २ बटा वोयर जातको बाख्रा, खोरको व्यवस्थापन गरेका नारायण अहिले ७० वटा बाख्रा खोरमा छन । २/२ वटा पाठीलाई २ हजार रूपैयाँ खर्चिएर किनेका नारायण भन्दछन त्यसैबाट जन्मिएको पाठालाई ९ महिनामा २२ /२२ हजार रूपैयाँमा बिक्री गरेका नारायणको खुसीको सीमा नै रहेन । बाख्रा त राम्रो व्यवस्थापनसँग पालेको खण्डमा नगदेबाली जस्तै रहेछ । मेहनतको फल राम्रो नै हुँदो रहेछ । नारायणको श्रीमती भगवती भन्छिन्, महिनाको एक लाख रूपैयाँ कमाउन त्यति गाहे छैन् । राम्रोसँग घाँस, दाना, फराकिलो ठाउँमा खेल्ने व्यवस्थापन र समय समयमा जुका तथा अन्य औषधीहरू दिएमा बाख्रा सप्रिने रहेछन् ।

भारतमा जागिरे, साउदीमा ड्राइभर, गाडी र अन्तिममा बाख्रा पालन गर्दा सबैको आलोचना सहन परेको थियो । आफन्तले समेत कुरा काटेको अहिले संझना भएको छ । वरपर आफन्त, टोल छिमेकलाई खसी बोकाको आवश्यकता पर्दा सम्झने गर्दछन् । हिजो कुरा काट्नेहरूले आज सम्मान गर्दछन । पेशा वा व्यवसाय भन्ने सानो ठूलो भन्ने नै हुँदैन । हाम्रो समाज आज पनि दुःख पर्दा हेप्ने होच्याउने नै हो । पहिले पहिले बाख्राको गोठालो भन्नेहरूले आज बाख्रा फर्म संचालक भन्दछन । बाख्रापालन गर्दा मल समेत राम्रो सँग हुन्छ । आफूलाई बढि भएको बाख्राको मल बिक्री गर्दा पनि वर्षमा २ /३ लाख रूपैयाँ भएको भगवती भण्डारी सुनाउँछिन ।

विदेशबाट फर्कीएपछि आफै घर आँगनमा केही उद्यम गर्नुपर्दछ भनेर बाख्रापालन गरेका भण्डारी दम्पती भन्दछन संघिय तथा प्रदेश सरकारले ल्याएको केही अनुदानमुखी कार्यक्रम प्रभावकारी नै भएन र हँुदैन । अहिले सम्म सत्ता र शक्तिको आडमा एक दुई वटा मात्र बाख्रापालन गरेका व्यक्तिले सरकारी अनुदान हात पर्दा आफूलाई चित्त दुखेको भण्डारी दम्पती बताउँछन । हालसम्म सरकारले उपलब्ध गराएको अनुदान हात परेको छैन । विगतमा सरकारले ल्याएको अनुदान रकमबाट खोर बनाएर बाख्रा पाल्नेहरूको खोरमा यतिखेर बाख्रा नै छैनन् । ३० लाख रूपैयाँ खर्चिएर बाख्रापालन गरेका भण्डारी भन्दछन विदेश नगएको भए आज यो अवस्था हुने नै थिएन, विदेश गएर धेरै कुरा सिकियो । देखियो तर स्वदेश मै केही गर्छु भन्नेहरूलाई अनुकूल वातावरण नभएको उनी बताउँछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?