Butwal Today

दाङमा हावाहुरी सहितको पानीले घर भत्किंदा एक जनाको मृत्यु

१९ जेष्ठ २०८१, शनिबार
अ+
अ-

दाङ,१९ जेठ ।

शनिबार राती दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एक जनाको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एक कोठे घर हावाहुरी सहितको पानीले भत्काएको हो । घरमा श्रीमती सहित बसेका थिए । श्रीमती भाग्न सफल भएकाले सकुसल रहेकी छन् । उनको घरको पूर्वतर्फको भाग भत्किएको छ । उनका छोरा र छोरी बाहिर बस्दै आएका छन् ।