ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा

मन्जिता रानालाई एसईई खुल्ला नृत्य प्रतियोगिताको उपाधि

१९ जेष्ठ २०८१, शनिबार
१९ जेष्ठ २०८१, शनिबार

बुटवल, १९ जेठ । रुपन्देहीमा सम्पन्न एसईई खुल्ला डान्स प्रतियोगिता २०८१ को उपाधि ज्ञानज्योति विद्यालयबाट एसईई दिएकी मन्जिता रानाले जितेकी छिन । शुक्रबार भएको फाईनलमा अन्य ३२ समुहलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन । उपाधिसंगै उनले नगद १५ हजार, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भईन । गुगल इन्सिच्युटकी स्वीकृति खत्री र स्वीकृति गुप्ता द्वितीय हुदै दस हजार, तिनाउ बोडिङ्गकी निस्था पुन मगर तृतीय हुदै सात हजार रुपैया तथा होराइजन मा.वि र कालिका मानवज्ञान मा विका किरण भण्डारी मगर र जेनिसा मगर सान्त्वना हुदै तीन हजार रुपैया, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत भए ।

एक समारोहका बिच विजेता, उपविजेताहरुलाई नृत्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाह, विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी, क्याम्पस प्रमुख मनोज मरासिनी, क्याम्पस अध्यक्ष अजित खनाल, प्राध्यापक सुमन भुसाल, सहायक प्राचार्य मोहन क्षेत्री, बालकृष्ण पोखरेल, बुद्धदिप मा.विका प्राचार्य लेखनाथ गैरे, दिवाकर रेग्मी, कार्यक्रम संयोजक सुन्दर गुरूङले पुरस्कृत वितरण गरे ।

कार्यक्रममा भर्चुअल माध्यमबाट मन्तव्य राख्दै प्राचार्य दिनेश भुसालले अक्सफोर्ड मा. वि विगतदेखि नै विद्यार्थीहरूको क्षमता प्रस्फुटनको लागि कार्य गरिरहेको बताए । एसईई दिएर बसेका विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने गरि कार्यक्रमहरु गर्दै आएको बताए ।

कार्यक्रममा प्राध्यापक सुमन भुसालले विद्यार्थीलाई कुनै पनि विषयमा व्यस्त गराई कुलतबाट टाढा राख्नुका साथै क्षमता पहिचान गर्नका लागि फुटसल, एमसिक्यु टेष्ट तथा अनलाइन खेलहरू समेत सम्पन्न गरेको बताए । कार्यक्रममा लोकेन्द्र शाहले अक्सफोर्डले विद्यार्थीको क्षमता प्रस्फुटन गर्नको लागि विभिन्न विद्यामा प्रतिस्पर्धा गराउनु सराहनीय काम गरेको बताउँदै अक्सफोर्डले शिक्षालाई मात्रै नभइ अन्य विद्यामा पनि उत्तिकै जोड दिदै आएको कारण नै चर्चा कमाउन सफल भएको बताए ।

प्रतियोगितामा विद्यार्थीहरूले नेपाली मौलिकता झल्काउने खालका गीतहरूमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थीहरूबिच भएको प्रतियोगितामा ३३ समूहको सहभागीता रहेको थियो । नृत्य निर्देशक संघ नेपालका अध्यक्ष सुमन थापा, नृत्य निर्देशक संघ कपिलवस्तु अध्यक्ष सुमन पौडेल प्रतियोगिताका निर्णायक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?