ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

तानसेनमा दिन बिराएर उपभोक्ताको धारामा खानेपानी

१८ जेष्ठ २०८१, शुक्रबार
१८ जेष्ठ २०८१, शुक्रबार

पाल्पा, १७ जेठ । तानसेन खानेपानी उपभोक्ता समितिले तानसेन बजारमा खानेपानीको कुनै समस्या नरहेको जनाएको छ । समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले अहिले उपभोक्ताको धारामा एक दिन बिराएर पानी वितरण हुँदै आएको जानकारी दिए । विगतका दिनमा पानी नआएर तानसेनवासी हैरान थिए भने अहिले धेरै पानी आयो भनेर धारा बन्द गर्ने अवस्थामा पुगको अध्यक्ष श्रेष्ठले बताए ।

तानसेनका उपभोक्तालाई हाल दैनिक २५ लाख लिटर पानीको आवश्यकता भएकोमा हाल दैनिक रूपमा १९ लाख लिटर पानी तानसेनमा वितरण भएको समितिले जनाएको छ । पूर्ण क्षमतामा मोटर पम्प संचालन गर्ने हो भने दैनिक रूपमा पानी वितरण गर्न सकिने अवस्थामा समिति पुगेपनि मोटर पम्पलाई टिकाउनको लागि रातीमा मोटरपम्प गर्दै आएको समितिले जनाएको छ ।

अहिले तानसेनमा कालगण्डकी, भुल्के, सिस्ने, तिनधारा, होलाङ्दी र बाझा मुलबाट पानी संकलन गरी तानसेनमा पानी वितरण हँुदै आएको छ । खानेपानीलाई व्यवस्थित र नियमित गर्नको लागि सबै स्थानको पम्प स्टेशनमा जगेडा मोटरको व्यबस्था मिलाएको, विद्युत लाईन लाई व्यवस्थित गरेको, विभिन्न स्थानहरूका वितरण लाईनहरू मिलाएको समितिले जनाएको छ । संकलित ट्याकीहरूमा बढी भएको पानी मिशन अस्पताल, तानसेन नसिंङ्ग स्कुल, ठूला ठूला होटलहरूमा वितरण गर्दै आएको समितिले जनाएको छ ।

अहिले उपभोक्ताले माग गरेको दुई दिन भित्र नयाँ धारा जडान हुने, घर निर्माणको लागी नक्सा पासको आधारमा नयाँ धारा जडान गर्ने काम नियमित रूपमा भईरहेको समितिले जनाएको छ । पुसदेखि बैशाखसम्मको ५ महिनामा १ करोड ८५ लाख ९५ हजार, ९ सय १५ रूपैया आम्दानी भएको र विद्युत महशुल, नयाँ मोटर खरिद, कर्मचारी तलब लगायत विविधमा १ करोड ५९ लाख ७० हजार ५ सय २० रूपैयाँ खर्च भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । विभिन्न बैंकहरूमा ५ करोड ८९ लाख ७२ हजार ८ सय ५९ रूपैयाँ नगद मौज्दात रहेको समितिले सार्वजनिक गरेको छ ।

यही बैशाख मसान्तसम्म ४४३० वटा धारा वितरण भएकामा ४१६६ वटा निजी, २४४ वटा संघ संस्था र १७ वटा सामुदायिक धारा रहेको, विभिन्न सार्वजनिक स्थलहरूमा टंकी निर्माण गरी सार्वजनिक धारा संचालनमा ल्याउने समितीले जनाएको छ । समितिले सबैको जिम्मेवारी बाडफाँड गरी कामलाई चुस्तदुरुस्त बनाउने काम गरेको जनाएको छ । उपाध्यक्ष लालमने अदै पुनले स्टोर व्यबस्थापन, नियन्त्रण, मुल आपूर्ति व्यबस्थापन, सचिव प्रेम बहादुर मल्लले सचिवालय व्यबस्थापन, शुसिला कर्माचार्यले लेखा व्यबस्थापन, सह सचिव विर्जु खातीले गुनासो गरे । व्यबस्थापन, महेन्द्र बहादुर खातीले वितरण प्रणाली र लाईन व्यबस्थापन, बसन्तराज गहतराजले नयाँ मुल श्रोत पहिचान र रेणुका बस्यालले अनुगमन तथा मुल्याङकनको जिम्मेवारी अनुसार काम गर्दै आएको समितीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?