Butwal Today

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा पुनः इन्द्र ढकाल

१८ जेष्ठ २०८१, शुक्रबार
अ+
अ-

बुटवल,१८ जेठ ।     लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा इन्द्र ढकाल नियुक्त भएका छन् । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले डा. ढकाललाई मेसु नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिको सरकारले डा सुदर्शन थापालाई मेसु नियुक्त गरेको थियो । डा. ढकाल यस अघि समेत मेसु थिए ।
यस्तै प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा समेत गरेको छ । जस अन्र्तगत गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ ।

भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहमद नुरुल होदालाई पृथ्वीचन्द्र अस्पताल परासी र डा सकुन्तला गुप्ता लुम्बिनी प्रादेशीक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री पुनले जानकारी दिए ।