ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

नेपालगञ्ज र धनगढीकाे तापक्रम आज पनि ४२ डिग्री भन्दा माथि

१८ जेष्ठ २०८१, शुक्रबार
१८ जेष्ठ २०८१, शुक्रबार

काठमाण्डाै –

पश्चिम तराईका जिल्लाहरू बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीमा आज पनि तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि नै रहेको छ ।

हिजो नेपालगञ्ज र धनगढीको उच्चतम तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको थियो । तर आज हावाको गति केही बढेका कारण नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा उच्चतम तापक्रम केही घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो नेपालगञ्जमा ४२ दशमलव ५ र धनगढीमा ४२ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै आज दिउँसो साडेँपानीमा ४१ दशमलव ६, सिक्टामा ४२ दशमलव २, बैजपुर र भगवानपुरमा ४२ दशमलव ३ डिग्री सेल्सियस मापन भएको छ । दोधारामा ४१ दशमलव ४, दिपायलमा ४१, रानीजरुवामा ४० दशमलव २ डिग्री सेल्सियस मापन भएकाे छ । त्यस्तै सुर्खेतकाे वीरेन्द्रनगरको अधिकतम तापक्रम हिजो ४१ डिग्री सेल्सियस रहेकोमा आज केही घटेर ४० दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

पश्चिमका यी क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले निकालेको साप्ताहिक कृषि बुलेटिनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अझै एक हप्ता बदली र वर्षाकाे सम्भावना नरहेको जनाएको छ । यसको अर्थ अझै एक हप्ता गर्मी कायमै रहन्छ ।

गर्मीसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशकै उच्च गर्मी हुनेमध्येको एक बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालका डा. पवनजङ्ग रायमाझीका अनुसार गर्मीकै कारण अस्पतालमा बिरामीको चाप बढेको छ । गर्मीबाट जोगिन पानी तथा सर्बत प्रशस्त मात्रामा पिउन र अति आवश्यक नपरि घरबाट बाहिर ननिस्कन उहाँको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?