ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

नवलपरासीका स्थानीय तहमा २९ करोड बढी बेरुजु, पाल्हीनन्दको मात्रै झण्डै १२ करोड

१७ जेष्ठ २०८१, बिहीबार
१७ जेष्ठ २०८१, बिहीबार

सुनवल, १७ जेठ ।

पश्चिम नवलपरासीका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड बढीले बेरुजु रकममा कमी आएको छ । महालेखा परीक्षकको कार्यायलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷०८० को ६१ औँ प्रतिवेदनमा जिल्लाका सात स्थानीय तहमा कुल २९ करोड २७ लाख ५० हजार बेरुजु देखिएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा कुल ३४ करोड ६० लाख ३९ हजार बेरुजु रहेको थियो । ५ करोड ३२ लाख ८९ हजारले बेरुजुमा सुधार आएको छ । सबैभन्दा बढी बेरुजु पाल्हीनन्दन गाउँपालिकाको रहेको छ । पाल्हीनन्दको बेरुजु ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ७ करोड ९३ लाख ६१ हजार बेरुजु रहेको पाल्हीनन्दनमा आर्थिक वर्ष २०७९÷०८० मा बेरुजु रकम बढेर ११ करोड ८३ लाख पुगेको छ ।

एक आर्थिक वर्षमा वृद्धि भएको बेरुजुको रकम अन्य पालिकाको तुलनामा अत्यधिक बढी देखिएको छ । कुल लेखापरीक्षण रकमको ९ दशमलव ७९ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतापपुर बाहेक अन्य पालिकाको बेरुजु रकम कुल बजेटको दुई प्रतिशत भन्दा कम नै रहेको छ । प्रतापपुरको बेरुजु ४ करोड १६ लाख रहेको छ जुन लेखापरीक्षण रकमको २ दशमलव ५९ प्रतिशत हुन आउँछ । नगरपालिका तर्फ सुनवल र बर्दघाटले बेरुजु रकम घटाउँदा रामग्रामको बेरुजु भने बढेको छ । रामग्राममा ४ करोड २२ लाख बेरुजु रहेको छ जुन अघिल्लो वर्षको तुलनामा झण्डै एक करोडले बढी हो । बर्दघाटको ३ करोड ३३ लाख बेरुजु छ । जुन अघिल्लो वर्षको तुलनामा झन्डै ८० लाख जतिले कम रहेको छ ।

सुनवलमा आर्थिक वर्ष २०७८÷०७९ मा ४ करोड ८८ लाख बेरुजु रहेकोमा अहिले घटेर २ करोड २० लाख मात्र बेरुजु छ । जुन कुल लेखापरिक्षण रकमको ०दशमलव ८९ प्रतिशत हुन आउँछ ।

यसैगरी सुस्ताले पनि बेरुजु रकम घटाएको छ । झन्डै ३ करोड ५२ लाख बेरुजु रकम अघिल्लो आर्थिक वर्षमा रहेकोमा महालेखाको ६१ औँ प्रतिवेदन अनुसार हाल २ करोड ८ लाख रहेको छ । यसैगरी सरावल गाउँपालिकाको बेरुजु १ करोड ४३ लाख रहेको छ । सरावल अघिल्लो वर्षको तुलनामा बेरुजु घटाएको छ । सरावलमा अर्थिक वर्ष २०७८÷०७९ मा कुल ५ लाख ९२ हजार बेरुजु देखिएको थियो ।

बेरुजु रकम भन्ने वित्तिकै भ्रष्टाचार भएको मान्न नसकिए पनि बढी बेरुजु देखिनु आर्थिक रुपमा अनियमितता भएको हुन सक्ने अर्थविद्हरुको भनाई छ ।

कानुनविपरीत सेवा सुविधा, अबन्डामा बजेट, सवारीसाधन खरिद र मर्मत, विद्यालयको दिवा खाजा तथा सेनिटरी प्याड खरिद, कर्मचारी भर्ना, डीपीआर तथा गुरुयोजना, उपभोक्ता समितिलाई भुक्तानी, सामाजिक सुरक्षा भत्ता जस्ता शीर्षकमा कानुनविपरीत खर्च गरेको देखिन्छ ।

उक्त शीर्षकमा विनियोजन गरिएको बजेटको खर्च र भुक्तानीमाथि महालेखाले प्रश्न उठाएको छ । स्थानीय तहले लेखापरीक्षण र बेरुजु असुलीका बारेमा खासै चासो नदिएको प्रतिवेदनमा उल्लेख छ । नियमित गर्न सक्ने बेरुजुका विषयमा पनि स्थानीय तह अलमलमा परेको देखिएको छ । स्थानीय तहले विस्तृत परियोजना प्रतिवेदन, डीपीआर बनाएर अन्धाधुन्ध रूपमा बजेट खर्च गरेको आवाज जनस्तरबाट उठिरहेको छ । महालेखाको प्रतिवेदनले पनि सोही आवाजको पुष्टि हुने गरी विवरणहरू सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार स्थानीय तहले डीपीआर, गुरुयोजना र परामर्श सेवा, सम्भाव्य अध्ययन जस्ता शीर्षकमा रकम खर्च गरेको देखिएको छ । नवलपरासीका स्थानीय तहमा पनि यस किसिमका बेथिति देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?